2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेकपाले गरेको बन्दको प्रभाव: नापी र मालपोतमा बम विस्फोट, दुई पक्राउ

साउन २९, कालिकोट | नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डको गिरफ्तारीको बिरोधमा आव्ह्रान गरेको नेपाल बन्दका क्रममा कालिकोटमा दुई ठाउँमा प्रेसर कुकर बम बिस्फोट गराइएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डको कालेखोला र जिल्ला मालपोत कार्यालयको हाताभित्रै नेकपाका कार्यकर्ताले प्रेसर कुकर बम बिस्फोट गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव निरीक्षक बिनोद शर्माले नेकपाका कार्यकर्ताले बन्दका क्रममा दुई ठाउँमा वम बिस्फोट गराएको पुष्टि गरे । ‘शुभकालिकाको कालेखोला र कालिकोटको मालपोत र नापी कार्यालयमा प्रेसर कुकर बम बिस्फोट गराइएको छ’ उनले भने । बिस्फोटनमा संलग्न भएको भन्दै प्रहरीले शान्नित्रिवेणी गाँउपालिका २३ बर्षिय काँशी दर्जीलाई बम बिस्फोट गराउँदै गर्दाको अवस्थामा सादा पोशाकका प्रहरीले पक्राउ गरेको उनले बताए ।

जिल्ला मालपोत र नापी कार्यालयको हाता भित्र भएको बिस्फोटमा संलग्न भएको भन्दै नेकपाका प्रवक्ता प्रकाण्डको गाउँ मालकोटका अनिपाल विकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख तपेन्द्रराज न्यौपानेले साढे दुई बजेतिर वम बिस्फोट गराएको बताए । कार्यालयमा सेवाग्राही धेरै भएकाले आफुहरु कार्यालयमा काम गरिहेको अवस्थामा एक्कासी कार्यालयको हाताभित्रै ठुलै आवाज आएपछि सेवाग्राही र कर्मचारीको भागाभाग भएको थियो ।

जिल्ला सदरमुकाम मान्ममा सबै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु सञ्चालन भए पनि गाउँका सबै शैक्षिक संस्थाहरु, अन्य बिभिन्न कार्यालयहरु र राजमार्ग पुरै ठप्प बनेको छ । प्रहरीका अनुसार प्रहरीले सुरक्षा दिने भनेपनि गाडी साहुहरुले सम्पत्तीको रक्षाका लागि राजमार्गमा गाडी गुडाउन सकेनन् । जिल्लाका कर्णाली राजमार्ग, कर्णाली करिडोरमा मंगलबार गाडी चलेनन् । सोमबार नेकपाले पत्रकार सम्मेलन गरी जिल्लाका सबै शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, बजार सबै क्षेत्र बन्द गर्न अपील गरेपनि मंगलबार जिल्ला सदरमुकामका सबै सरकारी तथा गैरसरकारी कार्यालय, बजार र शैक्षिक संस्थामा भने बन्दको कुनै प्रभाव परेन । बन्दको समयमा पनि जिल्ला सदरमुकामको व्यापार व्यवसाय र मानवीय चहलपहल पुरानै अवस्था रहेको थियो ।

यता नेकपाका जिल्ला सेक्रेटरी मुनिलाल ऐडि रणदीपले आफुहरुको शान्तिपूर्ण आन्दोलनको नेपाल बन्द रहेकाले कालेखोलामा भएको बिस्फोट आफुहरुले नगराएको दावी गरे । उनले आफुहरुले शान्तिपुर्ण रुपमा नेपाल बन्द आव्ह्रान गरेको र कालेखोला र जिल्ला सदरमुकाममा बिस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय