2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा महोत्सवमा जुधाई

माधव बेल्वासे | भाद्र १९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा विगत ५ वर्षदेखी महोत्सव आयोजना हुदै आएको छ । पहिलो र दोस्रो महोत्सव पछीका महोत्सव आयोजकको विषयमा  जुधाई भइरहेको छ । पहिलो महोत्सव होटल तथा रेष्टुरन्ट व्यावसायी समितिले लगाएको हो । दोस्रो महोत्सव चन्द्रौटा उद्योग  वाणिज्य संघले आयोजना गरी सफल वनायो भने तेस्रो महोत्सवमा ठुलो विवाद निस्कीयो । 

व्यापार संघ कपिलवस्तुले लगाउने निर्णय गरेको हुदा तेस्रो महोत्सवमा उद्योग वाणिज्य संघले विरोध गर्यो । विभिन्न छलफल पछी निर्णय हुदै महोत्सव व्यापार संघले नै लगाउने सहमती गरीयो । चौथो चन्द्रौटा महोत्सव विवाद रहित रहदैँ उद्योग वाणिज्य संघले आयोजना गरी सफल गरायो ।

पाचौ महोत्सवको विषयमा व्यापार संघ कपिलवस्तुले मंसीर ६ गते देखी आयोजना गर्ने निर्णय गरी पत्रकार सम्मेलन समेत गरेर मिति सार्वजनिक गर्यो । यता उद्योग वाणिज्य संघले भने विरोध स्वरुप स्थानिय तह र प्रशासनलाई ध्यानकर्षण गराएको छ । तेस्रो चन्द्रौटा महोत्सव आयोजना गर्दा गरेको सहमती कार्यन्वयन नगर्दा ध्यानकर्षण गर्नुपरेको संघका कार्यवाहक अध्यक्ष ईश्वरी पाण्डेले वताए ।

पाण्डेले दुई संस्था विच बिगतमा समझौता भएकोले सोहि सहमति र समझौता अनुसार अघि बढ्नु पर्ने वताए । हामीले मात्र ब्यापार मेला गर्नु पर्छ भन्ने होईन तर एक पटक समवन्य हुनु पर्ने हो उनले भने । संस्थाको पहिचान र गरिमाका लागी हामीले यो कदम उठाएका हौ । व्यापार संघ कपिलवस्तु एक त जिल्लाको सस्था भएकोले अन्य ठाउमा गर्ने अधिकार रहदा रहदै पनि चन्द्रौटामा प्रत्येक वर्ष विवादमा मुछिन आएको वताए । शिवराज नगरपालिका भित्र मात्र काम गर्ने अनुमती रहेको उद्योग वाणिज्य संघले यस क्षेत्रमा लाग्ने मेला महोत्सवमा उद्योग वाणिज्य संघ सग समन्वयन गरेर गर्नुपर्ने धारणा राख्दै आएको छ । 

का.अध्यक्ष पाण्डेले भने “२०७३ कात्तिक १२ गतेका दिन भएको सहमती व्यापार संघले कार्यन्वयन गरेन्” ।

उता व्यापार संघ कपिलवस्तुका महादेव पोख्रेल भने पत्रकार सम्मेलन पश्चात तयारीको लागी काठमान्डौ पुग्नुभएको छ । महोत्सव कसैको एकलौटी नभएको वताउदै कसैले सिन्डेकेटको अवधारणा ल्याउछ भने आफुले त्यसको विरोध गर्ने जनाए । सर्वदलीय सहमती जनप्रनिधि आएपछी लागु नहुने अध्यक्षको पोख्रेलको भनाई छ ।आफनो संस्था पनि दिर्घकालिन समस्या समाधानका लागी आवश्यक छलफल गर्न तयार रहेको भन्दै कसैले महोत्सवलाई पेवा गराउन खोज्नेको विरोध गर्ने जनाए ।पाचौ चन्द्रौटा महोत्सवको तयारी तिव्र रुपमा भइरहेकोले सवैले सहयोग गर्न अध्यक्ष पोख्रेलले अपिल गरे ।

महोत्सव आयोजनका बिषयमा अघिल्ला सहमतिको अवहेलना भएको भन्दै उद्योगा वाणिज्य संघले शिवराज नगरपालिका,इलाका प्रशासन कार्यलय चन्द्रौटा ,वडा न ५ को कार्यलय चन्द्रौटामा ज्ञापन पत्र वुझाएको छ ।ज्ञापन पत्र वुझदै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले महोत्सवको दर्घकालिन समाधानको बाटो खोज्नु पर्ने  वताए । नगरपालिकाकै सान महोत्सवलाई सवैले मिलेर भव्य रुपमा सम्पन्न गर्ने समयमा विवाद ल्याउनु गलत भएको अधिकारीले वताए ।व्यापार संघ र उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सग पनि छलफल गरी यसको समाधानको वाटो अपाउने वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय