2026-10-31 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कृष्णनगरमा एक वर्षमा ५० करोड विद्युत महसुल संकलन

माधव बेल्वासे | भाद्र २१, कपिलवस्तु | नेपाल विद्युत प्रविधिकरण वितरण केन्द्र कृष्णनगरमा गत आ व २०७४।७५ मा ४९ करोड ७२ लाख ८० हजार विद्युत महशुल रकम संकलन भएको छ । ग्राहस्थ,व्यापारिक,ग्रैहव्यापारिक,औधोगीक,सडक वत्ति, सिचाई खानेपानी लगाएतवाट सो रकम संकलन भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले वताए । ५ करोड २६ लाख ९३ हजार युनिट विद्युत वितरण वाट सो रकम संकलन भएको प्रमुख अगञ्जाको भनाई रहेको छ ।आगामी आर्थिक वर्षमा करिव ७० करोड विद्युत महशुल संकलन गर्ने लक्ष्य वितरण केन्द्रले लिएको छ ।

उद्योगीक क्षेत्र र ग्राहकहरुको सख्या वढदो रहेकोले लक्ष्य पुरा हुने वितरण केन्द्रले जनाएको छ ।वितरण केन्द्रले २०७५ साउन १ गते वाट सुरु गरेका विद्युत चुवाहट नियन्त्रण अभियान लाई प्रभावकारी वनाउदै गएको छ ।यस अभियानका क्रममा २४ जनालाई चोरीको कारवाहि गरि १ लाख २१ हजार ८ सय ६३ रकम संकलन भएको वताइएको छ ।त्यस्तै कालोपाटीवाट असुली ८ जना वाट २ लाख ३९ हजार ५ सय ५८ रकम संकलन भएको छ ।अभियानको क्रममा ३ सय ३८ जनाको विद्युत  लाइन काटिएको वितरण केन्द्रका प्रमुख अगञ्जाको भनाई छ । काटिएको लाईन वाट २ सय २९ वाट ५५ लाख २३ हजार ५ सय ५० रकम संकलन भएको छ ।करिव ५०  दिनको अवधिमा चुहावट नियन्त्रण अभियान वाट मात्र ५८ लाख ८४ हजार रकम संकलन गर्न सफल भएको वितरण केन्द्रले वताएको छ । 

वितरण केन्द्रका ३३ हजार ४ सय ११ ग्राहकहरु रहेका छन ।वितरण केन्द्रले चुवाहटी नियन्त्रणका लागी अभियान संचालन गरी कारवाहि गरी व्यक्यौता रकम संकलन गरिएको वताएको छ । मुख्य सरकारी कार्यलयहरुकै रकम व्यक्यौता रहेको केन्द्रले जनाएको छ । वितरण केन्द्रमा सडक वत्ति वाट मात्रै ३० लाख रकम वाकि रहेको वितरण केन्द्रका प्रमुख अगञ्जाले वताए ।०७३।७४ पछी स्थानिय तहले सडक वत्तिको महशुल वुजाउने भनेपनि तहले बेवास्था गरेको वताइएको छ । कतिपय सरकारी कार्यलयले महशुल नवुझाउदा विद्युत काट्ने गरेको समेत केन्द्रका प्रमुख अगञ्जाले वताए । पछिल्लो समयमा भने स्थानिय तह र सरकारी कार्यलयले भने विद्युत महशुल वुझाउन थालेको उनले भने ।मधेशि समुदायमा विद्युत चोरीकोसख्या वढी रहेको अगञ्जाले वताए ।उनले भने “विद्युत काटेर मात्र ५५ लाख वढी रकम संकलन गर्नु सफलता हो पहिलेको तुलनामा अभियानले कारवाही गरी विद्युत चुवाहटलाई नियन्त्रण गरेको छ ”।चनचेतनाको अभाव र सरकारी कार्यलयको लापरवहीका कारण चोरी वढ्ने र विद्युत महशुल नवुझाउने गरेको जनाए।

विद्युत कार्यलकै गाडी प्रत्येक दिन अनुगमनमा वाहिर निस्कने गरेको उनले वताए ।यस विरतरण केन्द्रमा उद्योगहरु संचालन रहेको हुदा मासिक २ करोड बरावर रकम उद्योग वाटै उठने गरेको उनले वताए । वार्षिक रुपमा १० प्रतिशतको दरले ग्राहकको सख्या वढदै गएको प्रमुख अगञ्जाको भनाई छ । शिवराज नगरपालिकाको वनकस र विजयनगर गाउपालिकाको जैवावैराठ गाउमा अझै विद्युत पुग्न नसकेकोको करिव २ सय ५० घरपरिवार विद्युतवाट वन्चित रहेको उनले जनाए । स्थानिय निकाय र वन कार्यलय सग समन्वयन भइरहेको वताउदै दशै भित्र सवै स्थानमा विद्युत पुर्याउने प्रमुख अगञ्जाले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय