2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

फुसको छाना हटाउँदै शिवराज नगरपालिका

माधव बेल्वासे | भाद्र २२, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिकाले फुसको छानो हटाउँने अभियान सुरु गरेको छ । नगरपालिकाले यस बर्ष फुसको छाना हटाउने अभियान सञ्चालन गरेको हो । शुरुमा मधेशि समुदायका वाहुल्यता रहेको ठाउँमा फुसको छानो धेरै रहेको हुदाँ अभियान वडा न ८ वाट अभियान संचालन गरेको शिवराज नगरपालिकामा मेयर नेत्रराज अधिकारीले  वताए । उनले भने “दलित, गरिब र अतिविपन्न घरपरिवारको फुसको छाना हटाई जस्तापाता लगाउने अभियान सुरु गरेका छौ त्यसैले यसवर्षवाटै यो अभियान संचालन गरेका छौ” 

हिउदको समयमा मुख्य त फुसको घरमा आगोलागी हुने हुदाँ र हरेक वर्ष छाना फेर्नुपर्ने झन्झट रहेकोले जस्तापाताले लगाउन नगरपालिकाले २० लाख रकम छुट्टयाएको वताइएको छ । नगरपालिका भित्र रहेका सबै फुसका घर हटाई जस्तापाता लगाउने योजना भएपनि बजेट अभावले यो बर्ष एउटा वडालाई मात्र छानिएको मेयर अधिकारले भने ।अन्य रकम भएमा अर्का वडामा समेत संचालन गरिने अधिकारीको भनाई छ ।

बर्खा सकिए संगै वडा भित्र कति घरधूरी फुसको छानो भएका छन् तथ्याङ्क संकलनको काम थालिएको नगर प्रमुख अधिकारीको भनाई छ । वडा अध्यक्ष, सदस्य र टोलविकास संस्थाबाट सिफारिस भएर आए पछि नगरपालिकाले काम थाल्ने उनले जनाए । नगररप्रमुख अधिकारीले आफ्नो कार्यकालमै सम्पुर्ण नगरलाई फुसको छानो रहित बनाउने प्रतिवद्धता जनाए ।

जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित शिवराज नगरपालिका आगलागीको उच्च जोखिम भएको क्षेत्रमा पर्दछ । हरेक बर्ष गर्मियाममा आगलागीबाट करोडौको क्षति हुदै आएको छ । नगरपालिकाले फुसको छानो हटाएर जस्तापात दिए संगै आगलागीको घटनामा पनि न्यूनिकरण आउने नगरपालिकाको अपेक्षा छ ।

शिवराज नगरपालिका को पश्चिम क्षेत्र वाट अभियान संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलले वताए । स्थानिय नागरिकले अन्य काम गरिसकेपछी नगरपालिकाले जस्ता पाता दिने पौडेलले वताए । पुर्वी क्षेत्रमा फुसको घर कम रहेको हुदाँ  पश्चिम क्षेत्र  वाट सुरु गरिएको नगरपालिकाले जनाएको छ ।विगतका वर्षमा पनि अभियान संचालन गर्ने भनेपनि वजेटको अभावले नसकिएको अधिकृत पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले