Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिलो पटक काठमाण्डौ सहित प्रदेश ५ भरिका स्रष्टाहरु गुल्मीमा जमघट हुँदै

By साझासवाल 7 मिनेट पढाइ

प्रेम सुनार | भदौ २४, बुटवल | पहिलो पटक प्रदेश ५ को गुल्मीमा मोती जयन्तीको अवसरमा काठमाण्डौ देखि प्रदेशैभरका  स्रष्टाहरुको जमघट भएको छ । १ सय ५३ औं मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घास गुल्मीको स्वर्ण जयन्तीको अवसरमा आयोजित ५ नम्वर प्रदेश स्तरिय प्रथम पुस्ताकालय सम्मेलनमा यस्तो जमघट भएको हो ।

सम्मेलका प्रदेश सांसद तथा बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले  उद्घाटन गरेका हुन । उद्घाटन समारोलाई सम्वोधन गर्दै देशभर मै पहिलो पटक  प्रदेश स्तरिय स्रष्टाहरुको यस्तो जमघट ऐतिहासिक भएको उनले बताए ।

उनले प्रदेश ५ का कैयौ पुस्ताकालयहरु धरासायी भई रहेको बेला किरण पुस्ताकालय अहिले स्वर्ण जयन्तीको यात्रा सम्म आई पुग्नुको श्रेय त्यसका संस्थापक शशी पन्थीमा जाने बताउँदै उनि गुल्मीका सच्चा सम्मानिय ब्यक्ति भएको भन्दै प्रशंसा गरे ।

अर्का प्रदेश सांसदय दिनेश पन्थी र खड्ग केसी र रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले पनि मन्त्य राखेका थिए ।

सांसदहरु नै पुस्ताकालय जाँदैनन

केन्द्रिय प्रतिनिधीहरुको हैसियतबाट बोल्दै प्राज्ञा सदस्य डाक्टर तुल्सी भट्टराईले सांसद भवनमा रहेको पुस्ताकालयमा सांसदहरु  समेत पसेर अध्यान नगर्ने गरेको खुलासा गरे । ‘अघिल्लो  संविधान सभाका ६ सय १ जनासदस्यहरु मध्ये जम्मा १३ जना मात्रै सांसदहरु त्यहाँको पुस्ताकालय भित्र पसेको तथ्याङक फेला पारियो, –उनले भने–‘ ति मध्ये कति मन्त्री थिए वा कति सांसद थिए र उनिहरुले कुनै पुस्तक पढे वा हेरेर मात्रै फर्किए  त्यो पनि प्रष्ट भन्न सकिएन ।’

उनले थपे–‘ यो देशका नीति निर्माताहरुको अवस्था त यस्तो छ भने अरु मानिसहरुमा पुस्तक मोह कत्ति होला ? ’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधी यादवचन्द्र निरौलाले एक स्थानिय निकाय एक पुस्ताकालयको नीति मन्त्रालयले बनाए पनि स्थानिय निकायले कार्यान्वयन नगरेको प्रति दुखेसो ब्यक्त गरे ।

सामुदायिक वालविकास पुस्ताकालयकी अध्यक्ष ईन्दिरा दलीले महिलालाई माईत होईन पुस्ताकालय  पठाउनु पर्नेमा जोड दिईन । नेपाल सामुदायिक पुस्ताकालयका अध्यक्ष केशवराज भट्टराईले गुल्मी भएको जमघटले साहित्य क्षेत्रमा उर्जा थपिने विचार राखेका थिए ।

बक्ताहरुले  साहित्यकार मोतीराम भट्ट नेपाली साहित्य क्षेत्रको एउटा ब्यक्ति नभएर सिङ्गो   युग भएको बताएका थिए । कार्यक्रममा नेकपा गुल्मीका नेता हिरा एसी, कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्य राख्दै दलहरुको तर्फबाट गर्नु पर्ने सवैखाले सहयोग हुने प्रबिद्धता जनाएका थिए ।

सो अवसरमा कविता एवं गजल प्रतियोगिता आयोजना समेत गरिएको थियो । प्रतियोगितामा    प्रथम पुरस्कार रविगरमण ज्ञवालीले हाता पारेका छन । त्यस्तै द्धृतिय र तृतिय पुरुस्कार क्रमश  हरिप्रसाद पन्थीले   र सन्तावाना पुरस्कार विष्णु काला मगरले  प्राप्त गरेकी छन । अन्य वरिष्ठ  स्रष्टाहरुले आ–आफ्ना रचनाहरु वाचन गरेका थिए ।

किरण पुस्ताकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष शशी पन्थीको स्वागत मन्तव्य र सचिव गोपालप्रसाद पाण्डेको सञ्चालन रहेको थियो ।