2026-09-13 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चार दिनदेखि विद्युत अवरुद्ध

भदौ २६, कालिकोट | चारदिन अघिदेखि विद्युत् अवरुद्ध हुँदा कालिकोटको सदरमुकाम मान्मबजार अन्धकार भएको छ । सदरमुकाम मान्मदेखि करिब १३ कोष पश्चिममा रहेको सान्नीगाड पोतमारा विद्युतगृह बन्द हुँदा विद्युत् सेवा अवरुद्ध भएपछि कालिकोट अन्धकार भएको हो ।

सान्निगाड विद्युतगृहको पावरहाउसमा समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति बन्दका कारण साविकको मुम्रा, रास्कोट, मेहेलमुडी, मान्मलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युतकै कारण सञ्चारमाध्यम, मोबाइल सेवा पनि बन्द भएको छ भने सदरमुकाममा रहेका एफएम रेडियोले पनि आफ्नो प्रशारण अवधि घटाएका छन् ।

भदौ २२ गतेदेखि अवरुद्ध भएको विद्युत जिल्लामा रहेको प्राविधिक टोलिले मर्मत गर्न नसकेपछि अझै सुचारु हुन सकेको छैन् । विद्युत प्राधिकरण शाखा कालिकोटका कर्मचारी लोकेन्द्रजंग शाहीले जिल्लामा भएको म्यानपावरले बनाउन नसकेपछि बुटवलबाट प्राविधिक टोलीबोलाइएको बताए । बुटवलबाट प्राविधिक आएर पोतमारामा पुगेर बनाउन समय लाग्ने जानकारी दिए ।

पोतमारा साना लघुजलविद्युत गृहको पावर हाउसमा समस्या आएकाले बनाउन नसकिएको उनले बताए । उनका अनुसार अझै कालिकोटमा विद्युत बन्न ४ दिनभन्दा बढी लाग्ने भएको छ । विद्युत् आपूर्ति बन्दका कारण कालिकोटबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

सरकारी कार्यालयमा कामका लागि टाढाबाट सदरमुकाम मान्म आएका सेवाग्राही पनि विद्युत् बन्दको मारमा परेका छन् । सान्निगाड पोतमारा विद्युत् आयोजनाले ०६५/०६६ मा विद्युत् उत्पादन गरि विद्युत् सेवा दिँदै आइरहेको भएपनि विचविचमा कालिकोट अन्धकार हुने गरेकोमा स्थानीय नागरिकले दुखेसो पोखेका छन् ।

विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाको स्वास्थ्य, शिक्षा, सञ्चार लगायतका क्षेत्रहरु प्रभावित भएका छन् । जिल्ला अस्पतालमा एक्सरे मेसिन भएपनि विद्युत नभएका कारण जेनेरेटरबाट काम गर्नुपरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले