माधव बेल्वासे | भाद्र ३०, कपिलवस्तु | कपिलवस्तुमा एघार बर्ष अघि घटेको घटनाको सनिवार स्मरण गरिएको छ । २०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो । विगत बर्षहरुमा भदै ३० लाई कालो दिनको रुपमा स्मरण गर्दै आएपनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदै आइएको छ ।

एक दशक वित्दा पनि सो घटनाका पिडितहरुले अझै न्याय पाउन सकेका छैनन । सरकारले घटना घटेको ११ बर्ष वितिसक्दा पनि उचित न्यान दिन नसकेको घटना पिडितहरुले बताएका छन । घटना घटेको ११ बर्ष विति सक्दा पनि २०६४ का घटना पिडितहरुले न्याय नपाएको, राज्यले घटना पिडितहरुलाई दोस्रो दर्जाको नागरिक सरहको व्यवहार गरेको भाद्र ३० गतेको घटनाको स्मरणमा सनिबार आयोजित कार्यक्रममा बोल्ने वक्ताले वताए ।

एक दशक अगाडी अज्ञात समूहबाट मोहित खानको हत्या पछि भड्कीएको द्धन्दले चन्द्रौटा क्षेत्रमा १४ जनाको ज्यान जानुका साथै लाखौंको सम्पतिको क्षति, हजारौ घरबार विहिन र पसलहरुको तोडफोड भएको थियो । घटनामा मृत्यु भएकाहरुलाई राज्यले शहिद घोषणा गर्नु पर्ने घटनाको सत्य तथ्य छानबिन गरी दोसीलाई कारवार्हि गर्नु पर्ने पिडितलाई न्याय दिनु पर्ने माग राख्दै संर्घष समितिले सर्घष गर्दै आएको भए पनि हाल सम्म सरकारले यस घटनाको सत्य तथ्य बाहिर नल्याएको सर्घष समितिका अध्यक्ष महादेव पोखरेलले वताए ।

दशक पछि बल्ल घटनाको बारेमा संसद भवन आवाज उठेको जनाउदै, घटनाका दोषीलाई कारवार्हि र पिडितलाई उचित क्षतिपूर्तिको माग गर्दै संर्घष समितिले प्रधानमन्त्री, गृहमन्त्री लगातलाई ध्यान आर्कषण गराएको पनि पोखरेलले जनाए । १ दशक पछि बल्ल संर्घष समितिले छानविन आयोगले तयार पारेको प्रतिवेदन पाएको र सोहि प्रतिवेदन अनुसार पिडितहरुलाई सरकारले न्याय दिनु पर्ने पोख्रेलले जोड दिए ।

तत्कालिन मल्लिक आयोगले घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको भए पनि मल्लिक आयोगको प्रतिवेदन अनुसार पिडितले न्याय पाउनु पर्ने, सोहि घटनाको दोषि जो कोही भए पनि सरकारले छानविन गरी पिडितलाई एक दशक वित्दा सम्म पनि न्याय नदिएर सरकारले घटनाका पिडितहरुलाई बेवास्ता गरेको मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले बताए । भाद्र ३० को घटनामा यस क्षेत्रका मुस्लिम ,मधेशी ,पहाडी, सबै पिडित भएको खतिवडाले जनाए ।सोहि घटना पछि यस क्षेत्रका विस्तापितहरु अझै पनि सरकारले न्याय दिन्छ की भन्दै कुरेको तर सरकारले एक दशक सम्म पनि न्याय दिन नसकेको उनको भनाई छ ।

पीडितहरुले मल्लिक आयोगको प्रतिवेदनलाई आधार मानि २०६८ सालमा सर्वोच्च अदालतमा सरकार विरुद्ध मुद्धा दायर गरेका थिए । घटना पछिका हरेक वर्षहरुमा घटनापिडितहरुले भाद्र ३० गतेलाई स्मरण गर्दै आएका छन् ।भाद्र ३० घटनाको स्मरणमा आयोजित कार्यक्रममा मैन बत्ति प्रज्वलन गरी सोहि घटनामा मृत्यु भएका १४ जनाको चिरशान्तिको कामना गरिएको थियो । संर्घष समितिका अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जगत पौडेलले गर्नुभएको थियो |

चन्द्रौटा घटनाको ११ वर्ष पुरा: पिडितले आश्वासन पाए तर न्याय पाएनन
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment