२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनता देखाएर मागेको रकम जनतालाई देउः प्रजिअ पौडेल

२८ बैशाख २०७३, मंगलवार ११:५६

नविन रावत, बैशाख २८, सल्यान । सल्यानका प्रजिअ दुर्गादत्त पौडेलले जनता देखाउदै भिख मागेर ल्याएको बजेट जनता सम्म पु¥याउन एनजिओहरुलाई आग्रह गरेका छन ।

जनता गरिव दुःखि छन विदेशीबाट मागेको रकम जनस्तर सम्म पुग्नुपर्छ भन्दै देशभरमा एनजिओको २५ प्रतिशत मात्रै वास्तविक ठाउँमा पुग्ने आरोप आएका बेला बरु एक छाक नखाएर भएपनि जनसेवा गर्न आग्रह गरेका छन ।

कार्यक्रममा बाँडिने भत्ता, स्टेशनरी, खाजा मात्रै वचाएर जनताको लागि लगाउन सके साँच्चिकै राम्रो काम हुने भन्दै आफु गैर सरकारी कार्यालयहरुले गर्ने भत्ता, खाजा र स्टेशनरीको विरोधी भएको बताएका छन ।

युएसएआइडिको सहयोग तथा दलित विकास समाजको आयोजनामा भएको पहल कार्यक्रम क्रियाकलाप अभिमुखिकरणलाई सम्बोधन गदै उनले एनजिओका कार्यक्रम राम्रा छन बरु दत्तचित्तका साथ लाग्नुहोस भनेका छन ।

२०१४ को नोभेम्बरबाट संचालित पहल कार्यक्रम हाल मध्ये तथा सुदुर पश्चिमका १४ जिल्लामा संचालनमा रहेको छ । पहाडि र उच्च पहाडी क्षेत्रका जोखिममा रहेका समुदायको खाद्य सुधारको लक्ष्य राखि संचालन गरिएको पहल कार्यक्रम पहिलो चरणमा सल्यानका ६ गाविसमा संचालनमा रहेको र अर्को बर्ष थप ६ गाविसमा संचालन गरिएको आयोजक संस्था दलित विकास समाजका अध्यक्ष निम बहादुर नेपालीले जनाएका छन ।

पहल परियोजनाले पोषण तथा सरसफाई, विपद जोखिम न्यूनिकरण, वैकल्पीक जीविकोपार्जन, कृषि र प्राकृतिक स्रोत व्यवस्थापनमा काम गर्ने जनाएको छ । हाल सल्यानका दमाचौर, लेखपोखरा, निगाल्चुला, कुपिण्डेदह, लक्ष्मिपुर र कालिमाटी रामपुर गरि ६ गाविसमा परियोजना संचालनमा आएको कार्यक्रम संयोजक दुर्गा पुनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य