2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

निर्मलाको निम्ती न्याय माग गर्दै कपिलवस्तुमा पनि प्रदर्शन (हेर्नुहोस् ५ तस्विर)

माधव बेल्वासे | असोज १, कपिलवस्तु | कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्तको बलत्कार पछि हत्याभएको घटनाको ५४ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै कपिलवस्तुका कृयासिल संस्थाहरुले सरकारको आलोचना गर्दै कालोपट्टी वाधेर मौन र्याली  गरेका छन ।

निर्मला पन्तको बलत्कार पछि भएको हत्याको घटनाको सत्यतत्य बाहिर ल्याउन सरकारलाई दवाव स्वरुप सो आन्दोलन गरिएको हो । देश भर बालिकाहरुमाथी एक पछि अर्कोगर्दै  बलत्कारका घटना भइरहेको अवस्थामा निर्मला पन्तको बलत्कार पछि गरिएको हत्यामा संलग्न अपराधीहरु खुलियम हिडिरहेको भन्दै तत्काल अनुसन्धान गरी अपराधिलाई पक्राउ गर्न आग्रह गरिएको छ ।

दुई महिना सम्म पनि सत्यतथ्य बाहिर नआउनु तथा प्रहरीहरुको मिलोमतोमा घटनाका प्रमाण लुकाउने तथा न्यायका लागी आवाज उठाउनेहरुलाई धम्काउने जस्ता कृयाकलापको भ्रत्सना गर्दै निर्मला परिवारको न्यायका लागी दवाव मुलक कार्य गरिएको मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णुप्रसाद खतिवडाले वताए । उनले भने “जनताले निर्मला हत्यारालाई सार्वजनिक गर्न माग गरिरहेको अवस्थामा सरकारले गम्भीर रुपमा नलिनु गलत हो”

महिलाहरुले प्लेकार्ड वोकर हातमा कालोपट्टी वाधेर सडकमा उत्रिएका थिए । महिलाहरु माथि दमन नियन्त्रण हुन नसकेको भन्दै अपराधिलाई सरकारले लुकाउन खोज्नु गलत भएको र निर्मला परिवारले न्याय पाउनुपर्ने महिला अधिकारीर्की मिना परियारको भनाई रहेको छ ।

महिलालाई सम्मान गर,वलत्कार बन्द गर,निर्मला हत्यरालाई कारवाहि गर लगाएतका प्लेकार्ड वोकेर कपिलवस्तुको चन्द्रौटामा नागरिक सडकमा उत्रिएका हुन । निर्मला काण्डले देश नै शोकमा रहेको भन्दै युवा नेता अजय थापाले निर्मलाको वास्तविक हत्यारालाई पक्राउ गर्नुपर्र्ने वताए ।

कार्यक्रमका सहभागीहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथाशीघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले