Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चन्द्रौटामा सदभावसहितको वृहत सराय जात्रा निकालियो

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे | कार्तिक ५, कपिलवस्तु | सोमवार चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको छ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिएको हो । खास गरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा विस्तारै तराईका जिल्लाहरुमा पनि मनाइन थालिएको छ ।

घटस्थापनाको दिन पुजा आजा सहित राखिएको दुर्गा भवानीको हातहतियार  आज पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर वाखै हो भन्दै सराय नाच नाच्ने गरिन्छ  ।  चन्द्रौटाको दुर्गा मन्दिरबाट विगत एक दशक यता यो सराय नाच नाच्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारा पौडेलले बताए । पहाडका विभिन्न जिल्लाबाट बसाइसरी आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दशैको बेला नाच्ने सराय जात्राले यहाँ बसोबास गर्ने सम्पूर्णमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सराय जात्राले महत्वपूर्ण भूमिका खेलेको पौडेलले जनाए ।

महान पर्वको अवशरमा चन्द्रौटामा गरिने सरायजात्राले यस क्षेत्रमा वसोबास गर्ने समुदायहरुमा भारइचाराको सम्वन्ध स्थापित हुने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वताइन । “हामी सवैले यस पर्वलाई सदभावको रुपमा ल्याउन जरुरी छ यसलाई नगरपालिकाले नै सदभावको रुपमा हेरेको छ”उनले भनिन् ।

सोमबार दिउँसो दुर्गा मन्दिरबाट निकालिइको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरुमा पुगि त्यहाँबाट फुलपाति लिएर पुन बजार परिक्रमा गर्दै राष्ट्रिय मा.वि. पछाडीको जवाई नदीमा फुलपाती सेलाउने र घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्तयाइने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नेत्र प्रसाद वेल्वासेले बताए ।

सराय नाचले यस क्षेत्रमा सामाजिक , धार्मिक सद्भाव कायम राख्दै आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने कार्य गरेको  व्यापार संघ कपिलवस्तुका अध्यक्ष  महादेव पोखरेलले जनाए ।

दशैंको मनोरन्जन मात्रै नभइ हाम्रो संस्कृति परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यस्ता संस्कृति धार्मिक जात्राहरु गर्नु आवश्यक रहेको पोखरेलले बताए ।  हजारौं भक्तजनहरुको सहभागितामा भएको सराय जात्रा जवाइ नदीमा लगेर विर्सजन गरि समापन भएको थियो ।