माधव बेल्वासे, कार्तिक ६, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेसिनको ठक्करबाट एक जानको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन व्यक गर्दा चनईका ६० बर्षिय महबुब मुसलमान घाइते भएका थिए ।

कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पुर्याइएका थियो बुटवलमा उपचार सम्भाव नभएछी उनलाई चितवन लगिएको थियो ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगंज जिल्ला सिसहनिया बर्ष ५० का लौटु चमार प्रहरीको नियन्त्रणमा रहेका छन । कपिलवस्तुको मायादेवी गाउँपालिका ५ का सन्तोष कुमार चौधरीको नाममा रहेको कम्बाइन अहिले वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको छ ।

कपिलवस्तुमा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु