Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गरिब बेरोजगारका सच्चा ईष्ट–गोकर्ण बिष्ट

By kit 13 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | कार्तिक–१४, बुटवल । तत्कालिन गुल्मीको  ईस्मा राज्यमा पञ्चायती शासकहरुको दवदवा  थियो ।  जहाँ गरिव मजदुरहरुलाई ठाडो शिर लगाएर हेर्नु– हिड्नु थिएन । त्यस बेला ती शासकहरु संग जुध्नु–बोल्नु भनेको अहिलेको ठुलो क्रान्तिमा होमिनुथियो । त्यस बेला त्यस ठाउँको  त्यही क्रान्तिमा होमिने ब्यक्तिको नाम थियो  हालको ईस्मा गाउँपालिका दोहली बाँझाका ‘कान्छा बिष्ट’ अर्थात भिमबहादुर बिष्ट ।

उनको  घरमा  २७ जनाका परिवार  थियो ।  आफु दम्पत्ती , ५ छोरा , ४ छोरी , भाई भतिजा सहितको त्यो परिवारलाई हरेक दिन ताउलोमा खान बसास्नु पर्दथ्यो ।  बिहान बेलुका  गुजरा चलाउन हम्मेहम्मे हुन्थ्यो । कान्छा बिष्टका नामले गाउँमा चर्चित समाज सेवी  बिष्ट रातमा बेसाह ( अन्न पैचो , खरिद )  गरेर ईज्जत ढाक्दै छोरा छोरीलाई पढाउँदै थिए र सबै छोराहरुलाई उच्च शिक्षा सम्म पुराएका थिए  ।

उनै सामन्य परिबार तर त्यस बेलाका क्रान्तिकारी योद्धा कान्छा बिष्टले जन्माएका छोराहरु मध्येका आफु जस्तै  क्रान्तिकारी स्वभावका छोराहरु थिए हालका ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उनका भाई अर्थात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट ।

दाजु लक्ष्मण बिष्ट  जिल्ला जनस्वास्थ्य कार्यालयमा जागिरे भए पछि  बाबृुलाई अन्य छोराहरु पढाउन सजिलो भएको थियो । तम्घासको महेन्द्र माविबाट एसएलसि पास गरी सके पछि पाल्पा त्रिविमा उच्च शिक्षा हाँसिल गर्न पुगेका गोकर्ण बिष्ट त्यहीबाट संगठित क्रान्तिकारी बनेका थिए ।

तत्कालिन मालेको बिद्यार्थी संगठनमा आबद्ध उनलाई पुर्व विद्यार्थी नेताहरुले नेतृत्वको जिम्मा दिएर आफुहरु हिडेको हाल  गुल्मीको जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली बताउँ छन । ‘उहाँमा त्यो उमेर देखि नै नेतृत्वको अद्भुत क्षमता थियो– पराजुलीले भने –हामीले उहाँलाई त्यहाँको बिद्यार्थी संगठनको जिम्मा दिएर हिडेका थियौं । ’

दाजु लक्ष्मण बिष्ट भन्छन –‘  पाल्पा क्याम्पस पढ्दा पढ्दै मैले पनि भाईलाई भने अब तिमीले पनि केहि काम गरेर पढ, मेरो खर्चले मात्रै थेग्न गाह्रो भयो  । त्यस पछि उनले लोक सेवामा नाम निकाले । तर कम्युनिष्ट कार्यकर्ता हो भन्ने थाह पाएर रुपन्देहीका         तत्कालिन अञ्चालधिशले हाँजिर गराउनै मानेन । उनको पालो उनैका कार्यकक्षमा त्यो नियुक्ति पत्र च्यातेर हामीलाई सोध्धै नसोधी काठमाण्डौ तिर लागे छन ।’

दाजु बिष्ट गहभरी आँशु पार्दै  थप्छन –‘पछि थाह भयो , भाई होटलमा जुठा भाँडा माझ्ने काममा लागेको छ भन्ने कुरा ।  म हुत्तिदै भाई खोज्न काठमाण्डौ लागे । उनी दरवार मार्गको एक रेष्टुृरेण्टमा तीनै झुठा भाँडा माझ्दै गरेको देख्दा आँखा रसाए । त्यहाँबाट छुटाएँ । पछि उनि एउटा बोर्डिङ्गमा पढाउँदै पढाई अगाडी बढाएका हुन । ’

घरबाटै मजदुरी सुरु गरेका थिए

सायदै मन्त्री बिष्टले त्यो ताकाको कुरा भुले होलान वा अहिले त्यो कुराले  उनको प्रतिष्ठामा आँच आउँछ भन्ने सोच्छन पनि होला । तर जिवन संघर्ष र विगतलाई नभुल्दै जाने हो भने गोकर्ण बिष्ट बाल्यपन देखि नै  एउटा मजदुर हुन । बाबु भिमबहादुर बिष्टले रातमा बेसाह खोजेर आएको यस पक्तिकारका पिताले समेत नजिकबाट नियालेका थिए ।

त्यति बेला गाउँमा सुन चाँदीका गहना बनाउनेहरुलाई ‘सुँदार’ भन्ने चलन थियो । गोकर्ण बिष्टका बाबुले यस पक्तिकारका पिता संग पोखेको दुख अहिले सम्म स्मरण गरिन्छ । बिष्टले भने छन –‘ के गर्ने सुँदार , दिनमा बेसाह खोजाम भने गाउँको भलाद्मी बना’छन, खिशी गर्छन कि भन्ने लाग्नी , त्यही भएर अर्मझा , कल्यार तिरबाट कोदो मकै रातमा बोकेर ल्याई आँटीमा  ( घरको तलामा ) फालेर दिनमा भलाद्मी बनेर हिड्छु । ’

उनको त्यही कुरा दोहराउँदै छोरा छोरीलाई पढ्ने अभिप्रेरित गर्ने यस पक्तिकारका पिताले भन्नु हुन्थ्यो कान्छा बिष्टका छोराहरुले कसरी पढेका छन ? हाम्रालाई मात लागेको ।  हुन  पनि हो , उनै कान्छा बिष्टका छोराहरुले विहान भरी घर खेतमा काम गरेर भ्याई नभ्याई स्कुल जान्थे ।

साईला अर्थात गोकर्ण बिष्टले त घरको उब्जेनी बढाउन त्यो किशोर अबस्थामा बाँझो खन्न गए । उनको टोललाई अहिले पनि बाँझ भनिन्छ । उनी एक्लैले घर देखि तलको बाँझो जमिन खनेर प्रशस्त खेती हुने बारी बनाए । जुन बारीको पाटो अहिले पनि बिष्ट परिवारलाई गर्व गरेर देखाउने  उर्वर जमिन बनेको छ ।

उनले लगतार एक महिना लगाएर विहानभरी खन्ने स्कुल जाने त्यहाँबाट फर्के पछि पनि साँझ अवेर सम्म खनेर त्यो बारी बनाएका थिए ।

बिष्ट अहिले पनि  गाउँमा पुगेर भाषणका क्रममा बेला बेलामा भन्ने गर्छन –‘  म हिजो जस्तै आज पनित यहि खाउँमा खनी खर्सीै गर्दैछु जस्तो लाग्छ । पात बजाएको गीत गाएको मेलापाता गरेको मेरो मानसपटलमा घुमिरहन्छ ।  म आफुलाई नेता ठान्दिँन तपाईहरुकै भाई छोरो हुँ भन्ने लाग्छ । ’

यहाँबाट सुरु हुन्छ बिष्टको सफलता

२०५० साल तिरको कुरा हो । यो पक्तिकार उनलाई काठमाण्डौको बाघबजारमा भेट्न जाँदा बिष्ट र रविन्द्र अधिकारी प्ररायु संघको कार्यालयमा थिए । त्यतिञ्जेल सम्म अहिलेको जस्तो चर्चा बिष्टको थिएन ।  उनि प्ररायु संघको नेतृत्व सम्हाले देखि एकाएक चर्चामा आउन थाले । २०५४ सालको निर्वाचनमा गुल्मी साविक क्षेत्र नम्वर ३ को चुनावी मैदानमा उनी लोकप्रिय पात्रका रुपमा उभिए । हेर्दै सेलिब्रेटी लाग्ने भर्खरको युवा तर भाषण पाको र जोसिलो भए पछि  गोकर्ण बिष्टको चुनावी सभावमा मानिसहरुको अपार भिड लाग्न थाल्यो । नेपाली कांग्रेसबाट उनका प्रतिध्वन्धी त्रैलोक्य प्रताव सेन थिए । उनि पनि कम त थिएनन तर युवा जोस बिष्टको बढ्दो लोकप्रियताले ओझेला पारी दियो ।  चुनावी प्रचारको अन्तिम तिर बिष्टका कान्छा भाई गगन बिष्ट माथी कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरे । उनकै घर नजिकै नयाँपोखरामा कांग्रेस कार्यकर्ताहरुले खुकुरीले हात छिदालेर गम्भीर घाईते बनाए । त्यस पछि बिष्ट थप चर्चित भए ।

चुनावमा अध्याधिकमत लिएर उनि बिजयी भए । त्यस क्षेत्रका लागि कम्युनिष्टहरुले विजयीको झण्डा गाडेको त्यो पहिलो थियो । २०६४ सालको

निर्वाचनमा भने उनले तत्कालिन माओवादी नेता चन्द्रबहादुर थापा ( सागर ) संग पराजय भोग्नु पर्यो । २०७० सालमा आएर उनले पुनः विजयको झण्डा गाडे ।  उनि विगतमा उर्जा मन्त्री हुँदा पनि अहिले कै जत्तिको चर्चा बटुल्ने गरी काम गरे ।

यस पाली उनको काम ऐतिहाँसिक

यस पाली मलेशिया संग श्रम सम्झौता गरिएको मन्त्री बिष्टको कामलाई सारा मिडिया देखि जनस्तर सम्म ऐतिहासिक कामका रुपमा चर्चा भई रहेको छ । बैदेशिक रोजगारमा नेपालीहरुले  खेप्नु परेको शोषण दमन र अत्यचारको अन्त्यका लागि मन्त्री  बिष्टले  कार्यभार सम्हाले देखि खेल्दै आएको भुमिकाले उनलाई आलोचना गरेर नथाक्ने  विपक्षी दल र उनकै पार्टीका केहि तप्काहरु समेत यति बेला निजवाफ बनोएको छ ।

विगतमा उर्जामन्त्री हुँदा उनलाई सस्तो प्रचारवाजी भनेर आलोचना पनि  गरियो ।  तर