Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले निशुल्क आँखा जंचाए

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आखा जाच गराएका छन । युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणि आखा अस्पतालको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको छ ।

आखामा समस्या भएका तथा आखा जाच गर्न आफ्नै गाउँमा निशुल्क पाउँदा स्थानियहरुले खुसी व्यक्त गरेका थिए । गाउँमा रहेको वृद्ध वृद्धा तथा वालवालिकालाई सहज होस भन्ने उद्देश्यले सो शिविर आयोजना गरेको क्लवका अध्यक्ष अजय रोकाले वताए ।

शिविरमा जाच गराएका मध्ये ९५ जनाको आखामा मोतिविन्दुका  विरामीहरु फेलापरेको र ति विरामीहरु लाई आइतवार र सोमवार  वहादुर गंज अस्पतालमा निशुल्क शल्यक्रिय गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विजनयगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउपालिकाका युवाहरु एकजुट भएर यस्तो समाजिक कृयाकलापमा सहभागी भएको भन्दै खुसी व्यक्त गरे । मानिसको महत्वपुर्ण अंग भनेको आखा रहेको वताउदै शिविरमा सहभागी भई आखा जाच गराएर स्वास्थ्यको ख्याल गरेकोमा धन्यवाद दिए ।क्लवका अध्यक्ष अजय रोकाको अध्यक्षतामा रहेको कार्यक्रम युवा लोकेश थापाको संचालनमा सम्पन्न भएको छ ।