Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

२०७५, १९ कार्तिक सोमबार ११:२९

माधव बेल्वासे | कात्तिक १९, कपिलवस्तु | सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ । 

कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेको छन । शिवराज नगरपालिकाले कात्तिक १५ गते सुचना जारि गर्दै आ व ०७५।०७६ को पहिलो चौमासिक सुरक्षा भत्ता वापतको रकम वैकका जम्मा गरिसकेको जानकारि गराएको छ ।

सुचना जारी पछि अहिले चन्द्रौटामा रहेका आधा दर्जन वैकहरुमा भिड लाग्न थालेको छ ।


पहिले गाविश तथा हाल वडा वाट वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमार्फत वितरण गर्न थालिएपछि नगरमा भत्ता लिने महिला पुरुषहरुले उनिहरुको सामाजिक भत्ता सुरक्षित भएको जनाएका छन् । कतिपय स्थानमा लक्षित समूहसम्म भत्ता नपुगीकनै दुरुपयोग भएको पाइएपछि सरकारले वैकिङ प्रणालीमार्फत भत्ता वितरण शुरु गरेको हो ।

सामाजिक सुरक्षा भत्तामा मृत व्यक्तिको नाममा समेत बाँडीने, परिवारकै सदस्यले रकम झिकेर सम्वन्धित व्यक्तिलाई नै नदिने, भत्ता आएको छैन भनेर फर्काइ दिने, परिचय पत्रमा फोटो धमिलो छ, नाम केरमेट छ भनेर दुःख दिने जस्ता समस्याहरु व्यहोर्दै आएका स्थानियहरु वैकिङ  प्रणाली मार्फत वितरण भएपछी खुसी भएका छन । शिवराज नगरपालिका ५ चन्द्रौटा बस्ने रामी गिरीले वैक मार्फत भत्ता दिने भनेपछी खुसी भएको वताइन । कागजात सम्पुर्ण हुदा हुदै पनि आफ्ना मान्छेहरुलाई प्राथकिमता दिएर भत्ता वाड्ने हरुलाई भने भोली आउनुस भन्ने जस्तो व्याभार वडा कार्यलय वाट हुने भएकोले अहिले बैकमा निकाल्दा कुनै झन्झट नभएको गिरिले वताईन । 

७० वर्षमाथिका जेष्ठ नागरिक, एकल महिला, अपागंता भएका, विद्युवा,पुर्ण अशक्त अपांग ,अति अशक्त अपागं,लोपोन्मुख आदिवासी जनजाति, वालवालिका (दलित)का लागि सामाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको शिवराज नगरपालिकाले जनाएको छ । बैकमा खाता खोलीसकेकाले रकम लिन र खोल्न वाकि रहेकाले खाता खोल्न जानकारी गराएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । 

शिवराज नगरपालिका भित्र यस आर्थिक वर्षमा पहिलो चौमासीक पाउने जेष्ठ नागरिक(अन्य)२हजार २ सय १६,दलित जेष्ठ नागरिक ५ सय २३,एकल महिला २,विद्युवा महिला १ हजार ४ सय ४३ ,लोपउन्मुख आदिवासि जनजाति ५,पुर्ण अपांग अशक्त ६०,अति अशक्त अपांग १ सय ४७,जनजाति वालवालिका ६ सय ७८ जना गरि कुल ५ हजार ७४ जना  रहेका छन ।

शिवराज नगरपालिका वडा न १ र १० लाई एन एम वि बैक चन्द्रौटा,वडा ५ लाई महालक्ष्मी बैक चन्द्रौटा,वडा ३ र ७ लाई जनता बैक चन्द्रौटा,वडा ४ र ९ लाई कामना सेवा विकाश बैक चन्द्रौटा वडा न ६ र ८ लाई शाईन रेसुगाा वैक चन्द्रौटा,वडा २ र ११ लाई गरिमा विकास बैक चन्द्रौटा तोकिएको अधिकृत पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी