2026-09-01 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका गन्धर्व दाइका व्यथाः अवस्था उस्तै छ हजुर

कात्तिक २६, गलेश्वर ।

‘नेताजीको भरपर्दो बात छैन

यिनको पनि गतिलो छाँट छैन ।

पर्छ रात अवश्य दिन बितेसी

जनताको के वास्ता चुनाव जितेसी ।’

गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने ।

२०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरबहादुर गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरू आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको जानकारी दिए ।

कुनै दिन मुम्बई, गोरखपुर र कोलकाताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फोकल्याण्डको टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बार्हमासा, सन्देश, धनसिरी, मल्लार, सरुमैरानी, कलाखलेनी, असारे लगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू अहिले गरीबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनको भनाइ छ ।

‘सारङगीको धुनमा घटनाक्रमहरूलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सबैको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकबहादुर कार्कीले भने, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’

सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रहरूमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरू हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथितिका गीतहरू समेत गाउन थालेका छन् ।

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गन्धर्वहरू क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूपलाई पनि परिवर्तन गरेका छन् ।

धेरै समयपछि बेनपा–२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोखे । उनले सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरूप्रतिको अपेक्षाका बारेमा र्‍याइँर्‍याइँ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गरे ।

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरूदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए ।

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमुलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो