कपिलवस्तुमा टिप्पर चालकलाई टाईम कार्ड वितरण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

माधव बेल्वासे | मंसिर ३ कपिलवस्तु (चन्द्रौटा)  | दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय कपिलवस्तुले टिप्पर चालकहरुलाई टाइम कार्ड वितरण गरेको छ । जिल्लाको चन्द्रौटामा जिल्ला ट्राफिक प्रहरि निरिक्षक बावुराजा पन्तले चालकहरुलाई ट्राफिक नियमको वारेमा समेत सचेत गराए । टिप्पर चालकहरुले अनियन्त्रित रुपमा सवारी चलाउदा दुर्घटना वढेको वताउदै चालकहरुलाई सचेत गराउन र गति कम गर्नको लागी सो कार्ड प्रदान गरेको निरिक्षक पन्तले वताए ।

दुर्घटना न्युनिकरणको माध्यमको रुपमा टाईम कार्ड भएको वताउदैँ पन्तले चालकलाई होसियार पर्वक सवारी चलाएमा आफु पनि वच्ने र अरुलाई पनि वचाउने वताए ।उनले भने “अहिले टिप्परहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ त्यसैले टिप्पर चालकहरु सजग भएर सवारी चलाउन जरुरी छ ”।

टिप्पर चालकहरुले धेरै ट्रिप सामान ओसापोसार गर्नको लागी गति तिव्र गराउने हुदा तिव्र गतिकै कारण दुर्घटना धेरै हुने गरेको जनाइएको छ । साघुरो सडक र व्यस्त क्षेत्र रहेको हुदाँ चालकहरुले ट्राफिक नियमलाई पालन गर्नुपर्नेमा निरिक्षक पन्तले जोड दिए ।

टिप्पर चालकले प्रत्येक प्रहरी कार्यालयमा गाडी रोकेर आफ्नो समय दर्ता गराउने वताइएको छ । तोकिएकोे समय भन्दा छिटो आउने सवारीलाई तिब्र गतिमा सवारी चलाएको हुने हुदाँ आबश्यक कारवाही गर्ने पन्तले वताए ।

चन्द्रौटामा भेला भएका टिप्पर चालक तथा सहचालकले अव टाइक कार्ड वोक्ने छन  ।सोमवार वितरण गरेको टाइम कार्डमा कपिलवस्तुको कृष्णनगर देखि चन्द्रौटा सम्म ३० मिनेट,चन्द्रौटा देखि गोरुसिगे सम्म ३० मिनेट,गोरुसिगे देखि पिपरा सम्म ३० मिनेट भन्दा पहिला पुग्न पाइने छैन ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply