2026-09-08 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

हरि बाँस्तोला | मङ्सिर ९, मुक्तिनाथ | सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु गरेको छ । 

समाजमा लैङ्गिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै महिला तथा बालबालिकामाथिका सबै किसिमका हिंसा, दुव्र्यवहार र शोषणको अन्त्यका लागि सामाजिक जागरण ल्याउन अभियान शुरु गरिएको हो । 

‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मुख्य नारासहित शुरु गरिएको १६ दिने अभियानमा उक्त स्थान पुगेको महासङ्घको टोलीसहित स्थानीय जनप्रतिनिधि, ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो । 

यौनजन्य दुव्र्यवहारको आवरणसँग प्रभावित हुने नीति तथा ऐन कानूनहरूको बारेमा सबै समुदायिक वन उपभोक्ता समूह, महासङ्घका सबै तहका संरचना तथा क्षेत्रहरूमा सुसूचित गराउने कार्यक्रमको उद्देश्य रहेको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिनुभयो । 

महासङ्घले सञ्चालन गरेको अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गरिने जानकारी दिदै उहाँले अभियानअन्तर्गत लैङ्गिक हिंसा विरुद्ध १७ बुँदे सामूहिक प्रतिबद्धता समेत गरिने कार्यक्रम रहेकोछ । 

जात, जाति, धर्म, भाषा, लिङ्ग, लैङ्गिकता, उमेर, राजनीतिक, सामाजिक, भौगोलिक, पहुँच वा सम्बन्ध, शारीरिक बनावट तथा अवस्था, वैवाहिक स्थिति लगायत अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई समान र मर्यादित व्यवहार गर्ने गराउने अभियानको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । 

माथिको तश्वीरमा: सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्वारा हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर परिसरबाट महिला हिंसा अन्त्यको सोह्र दिने अभियान शुरु । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस | 

यौनजन्य दुव्र्यवहारको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरी सबैले सेवा शर्तसम्बन्धी प्रचलित नियम, कानूनले तोकेको सीमा तथा सङ्गठनात्मक व्यवस्था अनुसार पदीय मर्यादा कायम गर्नुपर्ने अभियानको प्रतिबद्धतापत्रमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको सन्दर्भमा विभिन्न तीन समूहमार्पmत हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरबाट आज बिहान शुरु गरिएको अभियानअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोममा महासङ्घ गण्डकी प्रदेश, धरपजुङ गाउँपालिका र पाइला नेपालद्वारा संयुक्तरूपमा आजै कार्यक्रमको आयोजना समेत गरिएको महासङ्घ केन्दीय सदस्य जमुना थकालीले जानकारी दिनुभयो ।

पछिल्लो समय समाजमा बढ्दै गएको विभिन्न किसिमका हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले महासङ्घले सरोकारवाला विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय, जनप्रतिनिधि लगायतको उपस्थितमा लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेको महासङ्घका केन्द्रीय सदस्य सरिता कुमालले बताउनुभयो । 

विश्व महिला हिंसा अन्त्य दिवसका दिन आजदेखि मुलुकका सातवटै प्रदेशमा सञ्चालन गरिएको अभियानअन्तर्गत गाउँदेखि जिल्ला, प्रदेश र सङ्घमा जनचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरी मङ्सिर २४ गते मानव अधिकार दिवसका दिन काठमाडौँमा समापन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो । 

आर्थिकरूपमा महिला समृद्ध नभएसम्म मुलुकबाट सबैखाले हिंसा अन्त्य नहुने बताउँदै उहाँले त्यसका लागि प्रत्येक वन समुहबाट महिला सशक्तीकरणका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउन महासङ्घले तयारी गरिरहेको बताउनुभयो । 

महिला र बालिकामाथि हुने हिंसाको जिम्मेबार पुरुष नै भएको र पुरुषले नै यस्ता जघन्य अपराध न्यूनीकरणमा सहभागी हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिने उद्देश्यले सन् १९९१ मा क्यानडाका केही पुरुषहरूले सेतो रिबन अभियान शुरु गरेको र सोही दिनलाई विश्व महिला दिवसका रूपमा मनाउन थालिएको हो । यसै दिनमा नेपालमा पनि उक्त दिवस मनाउने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल