Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आत्मनिर्भर बन्दै कालिकोटका किशोरी

२०७५, २२ मंसिर शनिबार १०:५७

मंसिर २२, कालिकोट । घरायसी कामकाज र चुलोचौकोमा सिमित तिलागुफाका किशोरीहरु अहिले जाम उत्पादनमा लागेका छन् । आर्थिक तथा सामाजिक रुपमा समेत किशोरीहरु आत्मनिर्भर भएका छन् भने किशोरीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । १८ वर्ष देखि २१ वर्षसम्मका किशोरी आफैले पनि छुट्टै महादेव फलफुल प्रसोधन उद्योग सञ्चालन गरेर सफल भएका छन् ।

तिलागुफा नगरपालिकाको –३ का किशोरीहरु जाम उत्पादनमा लागेका हुन् । जिल्लाको सबै भन्दा बढी स्याउ हुने क्षेत्र तिलागुफाका किशोरीले गैरसरकारी संस्थाको सहयोगमा जाम उत्पादन गर्न थालेका हुन् । तिलागुफा नगरपालिकाको २ लाख ७५ हजार सेभ द चिल्ड्रेन र भिडिसेफ नेपाल कालिकोटको ४ लाख स्याउ प्रशोधन केन्द्र जुम्लाको प्राविधिक सहयोग र वडा कार्यालयको भवनमा किशोरीहरुले जाम उत्पादन गर्न थालेका छन् ।


चुलो चौकामा सिमित यहाँका किशोरीहरु अहिले आत्मनिर्भर बन्न थालेका छन् । बिहान घरायसी काम सकेर १० बजे उद्योगमा आएर उनीहरुले जाम उत्पादन गर्ने गरेका छन् । स्याउको पकेट क्षेत्रका रुपमा रहेको तिलागुफा नगरपालिका फोइकोटका किशोरीहरुले ५० क्वीन्टल स्याउ स्टक राखी सहयोगी संस्थाको सहयोगमा स्याउको जाम उत्पादन गरेका हुन् । किशोरीले उत्पादन गरेको जामको बजारीकरण वडा कार्यालयले गर्ने भएको छ ।

घरभन्दा बाहिर जान किशोरीलाई समस्या हुने भएकाले जामको बजारीकरण वडाले गर्ने तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । उनले तिलागुफामा उत्पादन भएको जाम नाग्मबजार, जुम्ला, कालिकोट सदरमुकाम, सुर्खेत, बाके र बर्दिया जिल्लासम्म पु¥याउने बताए । १५ जना किशोरीबाट सुरु गरेको जाम उत्पादनमा आगामी आर्थिक वर्षभित्र ५० जना किशोरीलाई रोजगार दिने लक्ष्य लिएको बताइएको छ ।

इच्छा शक्ति भए आफ्नै देशमा सुन फलाउन सकिने रहेछमहादेव फलफुल प्रशोधन केन्द्रका साविता शाहीले बताईन् । ‘भिडिसेफ हाम्रोलागि भगवान सावित भएको छ, जसरी हामीलाई भिडिसेफले सहयोग गर्यो त्यसरी नै अरु गाउँपालिका र नगरपालिकाका किशोरीलाई पनि सहयोग गर्न सके धेरै किशोरीको जीवनस्तरमा सुधार आउने थियो’ उनले भनिन् । किशोरीहरुलाई आत्मनिर्भर बनाउन पहल गर्ने युवा सशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक अनु रेग्मीले बताईन् । ‘काम गर्ने इच्छाशक्ति भएका किशोरीका लागि सहयोग गरी उनीहरुको आर्थिक, सामाजिक बिकासमा हामी सहयोगी बन्ने हो’ उनले भनिन् ।

युवा शसक्तिकरण परियोजनाले बालअनुदान, बर्सरी सहयोग, घुम्ती कोषलगायतमा कामगरी विद्यालय जानबाट बञ्चित किशोर किशोरीहरुलाई विद्यालय जान प्रोत्साहन गगरिएको उनले बताईन् । १८ देखी २२ वर्ष उमेर समूहका किशोरकिशारी लक्षित कार्यक्रमबाट उनीहरुलाई आत्मनिर्भर बनाउने खालका क्रियाकलाप गरिएको उनले बताईन् ।

जाम उत्पादनमा स्याउ, चिनी साइट्रीक एसिड, कलर, बास्ना, के.यम.एसलगायतका रासायनिक पदार्थ मिसाएर बनाउने गरेको सेभ द चिल्ड्रेनका प्रोजेक्ट डाइरेक्टर इन्द्र बिकले बताए । युवा सशक्तिकरण परियोजनाबाट किशोर र किशोरीलाई रोजगार सिर्जना गर्नका लागि विभिन्न क्रियाकलाप गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश