Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

२०७५, १० पुष मंगलवार ०५:३६

सुवास गौतम | पुस १०, गलकोट | दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा ९स्लेट० खानीबाट त्यहाँका स्थानीय ३५ जना युवालाई रोजगारी प्रदान गर्नुभएको छ । 

“विसं २०१७ देखि बाबु बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको ढुङ्गा खानीलाई विसं २०७० देखि उद्योगका रुपमा विकास गरेको हुँ”, विश्वकर्माले भन्नुभयो, “समयको परिर्वतनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिच्छाउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ ।” 

पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हँुदै आएको विश्कर्माको भनाइ छ । विश्वकर्माले हाल ताराखोलामा ‘धौलागिरि एसटिएम ढुङ्गा उद्योग तथा इन्भेष्टमेण्ट कम्पनी’ दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका टायल, मार्बललगायतका वस्तुको कारोवार गर्दै आउनुभएको छ । 

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा ९स्लेट० विकल्प बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ । 

ताराखोलामा उत्पादन भएको ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । उद्योगबाट उत्पादन भएको ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको धनबहादुरले बताउनुभयो । उहाँले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको छ । “ढुङ्गाको निकै माग आउने गरेको छ”, विश्वकर्माले भन्नुभयो, “कहिलेकाहीँ मागअनुसार उत्पादन गर्नै सकिँदैन ।” उहाँको आफ्नै पाखो बारीमा ढुङ्गाको खानी रहेको छ । 

उहाँको आधिकारिकरुपमा दर्ता भएको ताराखोलामा एक मात्र ढुङ्गा उद्योग हो । विश्वकर्माले ढुङ्गाको एक वर्गफिटको रु चार तथा निकासी कर गाउँपालिकालाई तिर्दै आउनुभएको छ भने नेपाल सरकारलाई भ्याट तथा खानी तथा भूगर्भ विभागलाई वर्षको रु एक लाख ५० हजार रकम तिर्दै आएको बताउनुहुन्छ । 

सबै खर्च कटाएर कूल आम्दानीको १२ प्रतिशत नाफा हुने विश्वकर्माको भनाइ छ । विश्वकर्माले उद्योगमा स्काभेटर, ढुङ्गा निकाल्ने मेशिन तथा विद्युतीय सामग्रीको सहायताले ढुङ्गा निकाल्दै आउनुभएको छ । ताराखोलाका स्थानीय खानी तथा उद्योगलाई केन्द्रीय विद्युत् आवश्यक भए पनि स्थानीय उत्पादित विद्युत् र जेनेरेटरको भरमा उद्योग सञ्चालन गर्नुपर्ने विश्वकर्माको गुनासो छ । 

ससाना ढुङ्गा उद्योग धेरै भए पनि प्रदेश सरकारको कार्यविधि नबन्दा दर्ता प्रक्रियामा लान नसकेको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकाभित्र प्रशस्त घरेलु तथा साना उद्योग भएको हुँदा गाउँपालिकाले धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको घर्तीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ