Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीलाई

२०७५, १२ पुष बिहीबार १५:३६

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । शिवराज नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीले पाएको छ । नगर भित्र सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ६४ अकं प्राप्त गर्दै उपाधी जितेको हो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले समयथान माविका प्रअ गिरिप्रसाद गैरेलाई सोहि शिल्ड प्रदान गर्नुभयो । पौष ९ गते बाट सुरु भएको प्रतियोगिताको विहिवार भव्य कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।शिवराज नगरपालिकाको शानको रुपमा हेरिएको प्रतियोगीमा नेपाल आर्दश मावि शिवपुर ५७ अंक सहित दोस्रो,प्रकाश मावि सुन्दरडाडा ४९ अंक सहित तेस्रो र राष्ट्रिय मावि चन्द्रौटा ४२ अंक सहित सान्तवन भएको छ ।


राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई व्यवहारिक बनाउन केन्द्रको कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रतियोगिता आयोजना गरेको होे । खेलकुद प्रतियोगिताले विद्यालय विद्यालय विच प्रतिस्पर्धात्मक भावना संगै एकताको भाव पनि जगाउने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनु भयो । खेलकुदले विद्यार्थीको पढाई र विद्यालय प्रतिको आर्कषण पनि बढ्ने जनाउनु भयो । समापन कार्यक्रममा शिवराज नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र वहादुर गहतराजले  शिवराज नगरपालिकाले खेलकुदलाई प्राथमिकता साथ कार्यक्रमहरु आयोजना गरेको वताउनुभयो । खेलले राज्यको नाम उच्च स्थानमा पुर्याउने भएकोले प्रदेश तथा केन्द्र सरकारले पनि खेललाई ध्यान दिनुपर्ने जनाउनुभयो ।

प्रतियोगितामा प्रा वी तर्फ  १०० मिटर दौड,कुर्सी दौड,चम्चा दौड, भित्र वाहिर,तातो आलु, घैटा फोड,चित्रकला पेन्टीङ खेल भएको छ  निमावि तर्फ १०० मिटर दौड,२०० मिटर दौड,४०० मिटर रिले दौड,लङजम्प र मावि  तर्फ १०० मिटर दौड,२०० मिटर दौड,४०० मिटर रिले दौड,लङजम्प,भलीबल र सटफुट गरि १७  वटा खेलमा नगर भित्र रहेका विद्यालयहरु विच प्रतिष्प्रधा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी