2026-09-14 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ग्रामिण भेगमा दुधालु भैसी लोप हुदै

कृष्ण बिष्ट | पुस २९ बैतडी | बैतडीका ग्रामिण भेगका दुधालु भैसीहरु लोप हुदै गइरहेका छन । तराइबाट मासु प्रयोजनको लागि माग अत्याधिक आउन थालेपछि धमाधम यहाका ग्रामिण भेगका  दुदालू भैसीहरु तराइका जिल्लाहरुमा पलायन हुन थालेपछि ग्रामिण भेगमा दुदालू भैसीहरु लोप हुदै गइ राखेका हुन ।

पहिले पहिले यहाका ग्रामिण भेगहरुमा एक परीवारको घरमा पाँच भन्दा बढिहरु भैसीहरु पालेको देखिने गरेकोमा आजभोली एक परीवारमा एक भैसीपसिन पाउन मुस्कील भइहरेको स्थानियहरुले बताएका छन । “हाम्रै जमानामा ५ देखि १० भैसी सम्म प्रत्येकको परीवारमा हुन्थ्यो, ७५ वर्षीय पाटन १० की सिता बिष्टले भनिन, आजभोली गाँउमै  तिन चार भैसी पनि छैनन” उनले भनिन । दुदका लागि पाल्छन, दुध दिन छोडेपछि ब्यापारीहरुलाई सस्तो मुल्यमा बेच्ने गरेको उनको भनाइ छ । 

यहाका भैसीहरु  तराइका जिल्ला कैलाली कञ्चनपुर तिर पलायन हुन थालेपछि  ग्रामिण भेगमा भैसी पाइन मुस्कील भइरहेको स्थानिय गंगादत्त अवस्थीले बताए । “दूद दिन्जेल सम्म पाल्छन, दुध दिन छोडेपछि पाल्न नसक्ने भन्छन अनि सस्तो मुल्यमा बेचिदिन्छन” उहाले अगाडी भने,  आजभोली भैसी देख्नै मुस्कील छ । 

दुध दिन छोडेपछि त्यातिकै पाल्नु भन्दा सस्तो मुल्यामै भएपनि बिक्रि गर्ने यहाको चलन जस्तै भएको छ । मासु प्रयोजनका लागि खरीद गर्न ग्रामिण भेगमा ब्यापारीहरु आउने गर्दछन । मासु प्रांयोजनका लागि खरीद गर्ने भएकाले प्रती भैसी २० देखि ३० हजार सम्म बढि मोल तिर्र्दैनन । एक पटक वर्षदिन सम्म दोएर दुध दिन छोडेपछि मासु प्रयोजनको लागि खरीद गर्न आउने ब्यापारी हरुलाई बेचिदिने चलन जस्तै भएको अर्का किसान मदन भट्टले बताए ।

यसरी भैसी मासु प्रायोजनको लागि बाहिर जान थालेपछि दुध दिने भैसीको मुल्य पनि आकासिएको छ । स्थानिय ध्वज बहादुर महरा भन्छन । “गाउमा भैसी कम पाल्न थाल्छन, पाल्ने हरुपनि एक दुइ मात्रै हो, यसरी किसानहरु कम पाल्ने भएपछि आफै महङ्गो भयो” उनले भने । यहाका किसानहरु भैसी पालन  न्युन मात्रामा गर्न थालेपछि मुल्य पनि आकासिएको उहाको भनाइ छ ।  “दुदालु एकलाई राम्रो भैसी किन्ने हो भने ५० देखि ६० हजार पर्छ ” उनले भने । 

ब्यवसयिक रुपमा भैसी पालन गरेमा राम्रो आम्दानि हुने गरेको पनिय यहाका स्थानियको भनाइ छ । एक भैसी पालेपछि दैनिक आठ देखि १० लिटर सम्म दुध दिने गर्दछन । दुइ वटा भैसी पाल्दै आएको पाटन १० कि स्थानिय गौरी बिष्ट भन्छिन, “दुई भैसी पालेकि छु, दिनको ६ सय को दुद बेच्छु ” १५ लिटर दुध सधै बजार जान्छ ” उनले भनिन । यहाको खोडपे बजारमा प्रति लिटर ४० का दरले दुध बिक्रि हुने गर्दछ ।  ब्यावसयिक रुपमा पाल्ने हो भने राम्रै कमाइ हुने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले