२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका पाँच स्थानीय तह अझै बिजुलीविहीन

२०७५, २ माघ बुधबार ०७:३१

माघ २, बैतडी | बैतडीका पाँच स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार भएको छैन् । 

यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । सोलारको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका काम पनि प्रभावित भएका उहाँले बताउनुभयो । 

मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । पुर्चौँडी नगरपालिकावासी बेलाबेला विद्युत्कै कारण सञ्चार सेवाबाट वञ्चित हुने गरेको स्थानीयवासीले बताएका छन् । नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । घाम नलागे त्यसले काम नगर्ने र टेलिफोन पनि नचल्ने बताइएको छ । नगरपालिकामा विद्युत् सेवा नहुँदा स्वास्थ्य सेवासमेत प्रभावित भएको पुर्चाैँडीका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताउनुभयो । 

पञ्चेश्वर गाउँपालिकामा पनि सोलारबाट विद्युतीय कामकाज हुने गरेको छ । कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्पयुटर खुल्छ, पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताउनुभयो । विद्युतीय उपकरणबाटै कामकाज गर्नुपर्ने भएकाले सोलारबाटै धान्न सक्दैन उहाँले भन्नुभयो । 

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार १९१ घरधुरी छन् । तीमध्ये साढे १२ हजारमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी