Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

By kit 4 मिनेट पढाइ

कृष्ण बिष्ट | माघ २, बैतडी | बैतडीको सिबनाथ गाउपालिकामा  चितुवाको  आक्रमणबाट बुधबार एक  बालक घाइते  भएका छन । बुधबार बिहान ८ बजे विद्यालय जादै गरेको  अवस्थामा शिवनाथ गाउपािलका वडा नं ६ बसेडी ओल्याका  धर्म सिँह धनाडीका छोरा १४ वर्षिय  रबेन्द्र  धनाडी चितुवाको आक्रमणबाट भाइते भएका हुन ।

पञ्चेश्वर गाउपािलका वढा नं ३ अन्तरगतको  शामेश्वर माविमा कक्षा ९मा  अध्यनरत १४ वषर््िाय  बालकलाई  शिवनाथ गाउपािलका वडा नं ६ को शिव मन्दिर पछाडी चितुवाले  आक्रमण गरी घाइते  बनाएको शिबनाथ गाउपसिालकाका कार्यपालिका  सदस्य राजेन्द्र दयालले जानकारी दिनुभएको छ । साथी सङगै विद्यालय गइरहेका धनाडीलाई चितुवाले  आक्रमण गरेको हो ।  चितुवाले  आक्रमणबाट घाइते भएका बालकको टाउको र घाटिमा  घाउ बनाएकाले मेलौलि नगरपालिका वडा नं  ७ को  केशरपुर प्राथमिक  स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  उहाले  बताउनुभयो । केशरपुर  प्राथमिक स्वास्थय केनद्रका हेल्थ असिस्टेन्ट मुकेश दयालका अनुसार बालक समान्य घाइते  भएकाले उपचार  भइरहेको बताउनुभएको छ  ।

गत पुष ११ गते  पनि शिबनाथ गाउपालिकाकै वडा  नं  ६ कि ४८ वषर््िाया हिउकला धनाडी  चितुवाको  आक्रमण बाट  धाइते  भएकि थिइन  । शिबनाथ गाउपालिका भित्र दिन प्रतिदिन चितुवाले  आक्रमण गर्न थालेपछि यहाका नागरिक त्रासपुर्ण जिवन विताउन बाध्यभएका छन  ।

जिल्लाको तल्लो सोराड क्षेत्रमा ०६८ साल यता २३ जानाको मृत्यु भइसकेको छ भने पचास भन्दा बढी घाइते भएका छन । ज्यान गुमाउने र घाइते हुनेमा बढी जसो महिला र बालबालिका रहेका छन ।