Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जङ्गली बँदेलसहित दुईजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ५ तौलिहवा | शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।&nbsp;<br></p><p>परीक्षणका क्रममा शिवराज नपा–३ समितिचोकबाट लु ३१ प ५०९८ नं को मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । मृत बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताउनुभयो ।&nbsp;</p>