2026-09-14 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

क्याम्पस प्राध्यापक सङ्घ निर्माण गर्न योगदान दिने आयोजकलाई सम्मान

कृष्ण बिष्ट । माघ २३, बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस एकाइ समितिले आज एक कार्यक्रमको आयोजना गरी  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापाक सङ्घ निर्माण गर्नका लागि विशेष योगदान पर्याउनुहुने मूल आयोजक समितिका संयोजक र  सदस्यलाई सम्मान गरेको छ भने नवनिर्वा्चित समितिका पदाधिकारि तथा सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ ।

विश्वविद्यालय स्थापना भएको आठ वर्ष बितिसक्दा पनि प्रध्यापकहरूको पेसागत हकहितका लागि काम गर्ने साझा संगठन  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापाक सङ्घ गठन हुन सकेको थिएन । पेसागत हितको सुरक्षाका साथै विश्वविद्यालयको  प्राज्ञिक उन्नयनका निम्ति काम गर्ने सङ्गठनको अभावमा विश्वविद्यालयमा कतिपय विकृतिहरू भित्रिन थालेकाले त्यस्ता विकितिहरूको विरुद्ध लड्नका लागि पनि एउटा सशक्त प्राध्यापक संगठनको आवश्यकता महसुस गरी यही पुस महिनामा प्रा. यज्ञराज भट्टको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्याक सङ्घ निर्माण गर्नका लागि अहम् भूमिका निर्वाह गरेकाले केन्द्रीय क्याम्पस एकाइ समितिद्वारा मूल आयोजक समितिका संयोजक यज्ञराज पाठक र सदस्यहरू यज्ञराज भट्ट, खेमराज जोशी, मुकुन्दबल्लभ कलौनी, कुम्भबहादुर चन्द, देवसिँह नाथ, हरीशचन्द्र भट्ट, हरिकृष्ण कडायत, राजेन्द्र पन्त र मनिष ओझालाई दोसल्ला ओढाएर सम्मान गरिएको कुरा केन्द्रीय क्याम्पस एकाइ समितिका उपसभापति टीकाराम खरेलले बताउनु भयो । 

त्यस्तै गरी सोही कार्यक्रममा  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय समितिका नवनिर्वा्चित पदाधिकारी तथा सदस्यहरूलाई पनि केन्द्रीय क्याम्पस एकाइ समितिले बधाई ज्ञापन गरेको छ । समितिका सभापति उत्तमबहादुर थापा, उपसभापति मदन बोहरा, महासचिव खेम सुवेदी, कोषाध्यक्ष ईश्वर हमाल सदस्य मदनबहादुर चन्द, सदस्य भिमसिँह धामी लगायत अन्य सदस्य र नेपाल प्राध्यापक सङ्घका महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तता शुभकामना ज्ञापन गरिएको थियो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस एकाइ समितिका सभापति दीपकचन्द्र भट्टको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अथिति नेपाल प्राध्यापक सङ्घका केन्द्रीय सदस्य डा. लक्ष्मीराज पण्डित प्रमुख अतिथि हुनुहुन्थ्यो भने समितिका सचिव हरिसिहँ साउदद्वारा सञ्चालन गरिएको थियो । कार्यक्रममा प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सचिव कृष्ण साउद, नेपाल राष्ट्रिय प्राध्यापक सङ्घका केन्द्रीय सदस्य खगेन्द्र जोशी, मूल आयोजक समितिका सदस्य हरिशचन्द्र भट्ट, निर्वाचन समितिका संयोजक अर्जुन नेगीले मूल आयोजक समितिलाई आफ्नोकाम सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिनुका साथै नवनिर्वा्चित समितिलाई बधाई दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले