2026-09-13 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सडकले नक्सा नदिँदा करिडोरको काम अलपत्र

माघ २५, कालिकोट । कालिकोटको खुलालु–हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माण कार्य अलपत्र छ । 

सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको हो । 

सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने मिति पूरा भएको ८ वर्ष बितिसक्दा पनि कर्णाली करिडोर अन्र्तगत कालिकोट खुलालु–हिल्सा सडकखण्डको खुलालुको ठेकेदार र सडक डिभिजन कार्यालय जुम्लाका लापरवाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको परेको छ । सडक डिभिजन कार्यालय जुम्लाले प्रगति कन्काई नेपाल प्रा.लि.लाई समयमै कामको डिजाइन स्टमेट नदिँदा निर्माणमा समस्या भएको निर्माण कम्पनीका प्रतिनीधि करन निरौलाले बताए । ‘हामी सडक डिभिजन कार्यालयले निर्माणका डिजाइन स्टेमेट दिएका छैन ।’ उनले भने, ‘हामीले कुन आधारमा कसरी काम गर्ने हो ।’ सडक डिभिजन कार्यालय जुम्लाका अनुसार डिजाइन स्टेमेट केही डिजाइन बदलिएको भएको त्यसको परिवर्तन डिजाइन स्टेमेट पनि ठेकेदार कम्पनीलाई दिइसकिएको जनाएको छ । 

डिभिजन कार्यालयका कारणले पुल निर्माणमा कुनै ढिलाई नभएको ठेकेदार कम्पनीले पुल निर्माणमा बाहना बनाएको सडक डिभिजन कार्यालय कार्यालय जुम्लाका इन्जिनियर सर्वण कुमार महताराले बताए। ‘हामीले डिजाइन स्टेमेट सबै दिएका छौं ।’ उनले भने,‘हाम्रा कारणले कामको ढिलाई भएको छैन् ।’ 

कर्णाली करिडोर अन्तर्गतको खुलालुमा रहेको पक्की पुल निर्माण सम्पन्न गर्ने गरी ०६७ मा सम्झौता भएको थियो। निर्माणको ठेक्का कन्काई नेपाल प्रगति जेभीले १४ करोड रुपैयाँमा लिएको थियो । तर, सम्झौता ८ बर्षपछि काम शुरु भएको काम गर्न अहिले पनि ढिलाढाली गरेको कालिकोट नरहरिनाथ गाउँपालिका–९ लालुका शिक्षक नवराज शाहीले बताए । ‘८ वर्षअघि नै सम्झौता भएको भन्ने सुनेका थियौं,’ उनले भने, ‘गत बर्षबाट मात्र निर्माण कम्पनीले काम शुरु गरेको छ । पुल निर्माण सुरु नहुँदा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिव एक किलोमिटर चट्टाने भीर काट्ने काम नेपाली सेनाले सुरु गरेको छैन् । 

पुल नबनेसम्म सेनाले पनि काम सुरु नगर्ने कर्णाली करिडोर निर्माण कार्यदलको भनाइलाई उद्दत गर्दै सेनासँगै सडकको काम गर्दै आएका ठेकेदार कालीबहादुर शाहीले बताए । ‘पुल बनेपछि मात्र सेनाले चट्टान काट्ने पक्षमा छ,’ उनले भने, ‘पुल नबनी त्यो भीरको चट्टान काट्न गाह्रो छ ।’ पुल निर्माणका लागि लामो समयदेखि विभिन्न कार्यालयमा धाए पनि कसैले चासो नदेखाएको स्थानीय मिनबहादुर शाहीले बताए । ‘पुल निर्माणका लागि धेरै पहल गर्यौ ।’ उनले भने, ‘त्यसमा कसैले पनि चासो दिएन ।’ कर्णाली करिडोर अन्र्तगतको खुलालुको पुलको ०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए । दुई पटक सिलान्यास भएको पुल अहिलेसम्म पनि निर्माण कार्यले तिब्रता नपाउँदा स्थानीयहरु आश्चार्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन