2026-10-31 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सडकमा झाडु लगाउर्दै मन्त्री चौधरीले भने- ‘सफा बस्न सोच परिवर्तन गरौं’

माधव बेल्वासे | फागुन २, कपिलवस्तु | प्रदेश न ५ का भौतीक पुर्वधार विकास मन्त्री वैजनाथ चौधरी सफा बस्न सोच परिवर्तन गर्नुपर्ने वताएका छन । प्रदेश न ५ को स्थापना दिवशको अवशरमा कपिलवस्तुको चन्द्रौटामा आयोजित पुर्व पश्चिम राजमार्ग सरसफाई अभियान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले यस्तो वताएका हुन ।

सवारी साधनमा हिड्ने यात्रुहरुले बनजंगल आउद वित्तिकै दिशा पिसाव गर्नुपर्ने सोच रहेकोले यसलाई परिवर्तन गर्न जरुरी रहेको वताएका छन । नेपाल सरकारले प्रत्येक प्रेटोल पम्पहरुमा शौचालय अनिर्वाय गरेको भएपनि त्यसलाई व्याभारमा उर्तान नसकेको वताएका छन ।

आम नागरिकको लापरवार्हीका कारण फोहोर वढि हुने गरेकोले यसमा आफै सजग हुनुपर्ने वताए । “हामी पलाष्टिकमा केहि सामाग्री किनेर खान्छौ अनि त्यहि वाटोमा फाल्छौ” उनले भने “सरसफाईले स्वस्थ्य मानिस रहन ठुलो मद्धत पुग्छ” ।

प्रदेश न ५ मा रहेका सवै मन्त्रीहरुलाई विभिन्न जिल्लाहरुमा सरसफाईको लागी पठाइएकोले प्रदेश सरकारल अव प्रत्येक महिनामा सरसफाई सचेतना सम्वन्धि कार्यक्रम गर्ने वताए । मन्त्री चौधरीले प्रदेशका विभिन्न ठाउहरुमा रिफ्रेस सेन्टर संचालन गर्ने र त्यसले प्रदेशलाई पुर्ण सरसरफाई गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशका प्रवक्ता समेत रहेका चौधरीले प्रदेशसभाको एक वर्षे कार्यलय सफलता पर्वक सम्पन्न भएको भन्दै प्रदेशले गरेका कामहरु फागुन ३ गर्ने सार्वजनिक गर्ने वताए । शिवराज नगरपालिका कार्यलय प्रङगणमा भएको कार्यक्रम पश्चात  चन्द्रौटा वजार परिसरमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सहभागी हुदै प्रदेश सभा सदस्य अर्जुन केसीले आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई नरहेको वताए । शिवराज नगरपालिकालाई पुर्ण सरसफाई बनाउन सवै तहवाट लाग्न समेत आग्रह गरे । सदस्य केसीले सडक छेउमा रहेका पसल संचालकहरुलाई आफुले गरेको फोहोर ब्यावस्थापन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा शिवराज नगरपालिका कार्यवाहक मेयर तथा उपप्रमुख शिवकुमारी थारुले सरसफाईमा विशेष ध्यान दिन नगरवासीहरुलाई आग्रह गरिन । फोहोरमैलाका कारण ज्यान नै जोखिममा रहेको भएकोले यसमा सवैले ध्यान दिनुपर्ने तर्क राखीन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय