2026-09-13 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विज्ञ भन्छन्– पश्चिम नेपाल भूकम्प उच्च जोखिममा

धनञ्जय बुढा | फागुन २, नेपालगञ्ज । विशेषज्ञहरुले पश्चिम नेपाल भूकम्पको जोमिमा रहेको भन्दै क्षति न्युनिकरणको पूर्व तयारीलाई व्यापकता दिनुपर्ने बताएका छन् । माघ २४ देखि २७ गतेसम्म सुर्खेत जिल्ला अस्पतालमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न पश्चात २८ गते नेपालगंज तथा २९ गते धनगडीमा ड्रिल अर्थात घटना परिदृष्य अभ्यास कार्यक्रम सम्पन्न गरेको थियो ।

विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजना १० दिने अस्पताल विपद पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रम ५, ६ र ७ प्रदेशका मुख्य क्षेत्रहरुमा सञ्चालन भइरहेको छ ।

नेपालगंज स्थित भेरि अञ्चल अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेजमा सो घटना परिदृष्य अभ्यास गरिएको थियो । अभ्यासमा नेपाल प्रहरी, नेपाली सेना, सम्बन्धित अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रहर्शन गरेका थिए । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रप्रसाद यादव र ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालगंजमा गरिएको पूर्वतयारीको प्रत्यक्षरुपमा अबलोकन तथा मुल्याङ्कन गरेका थिए । 

राज्यमन्त्री यादवले अवलोकन पश्चात चीन र भारतीय प्लेटको ठिक बीचमा हाम्रो मुलुक नेपाल भएकोले भविश्यमा आउने भूकम्प र त्यसबाट हुने क्षतिको मध्यनजर गरेर पूर्वतयारी कार्यमा तीब्रता दिन निर्देशन दिए । नेपालगञ्ज, सुर्खेत तथा धनगढीमा बिरामीको चाप पर्ने भएकाले पनि बेलैमा स्तर उन्नती कार्यमा जोड दिन पनि निर्देश गरे ।

त्यसैगरी प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्रोतको कमिभन्दा पनि उच्च र स्वच्छ सोँचको कमीको कारण गुणात्मक रुपमा स्वास्थ्य क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा विकास हुन नसकेको धारणा राखे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपतकलिन विपद व्यवस्थापन प्रमुख चुडामणी भण्डारीले नेपालको पश्चिम भेगमा निकट भविश्यमा महा–भुकम्पको खतरालाई मध्यनजर गरेर अस्पताल प्रतिकार्ययोजना कार्यक्रम गरेको धारणा राखे । ०७२ को भू स्मरण गर्दै भने,“७२को विनाशकारी भूकम्प आउनु पूर्व जस्तै अन्तराष्ट्रिय विशेषज्ञहरुले नेपालको यो क्षेत्रमा पनि सन २०१८ देखि नै भूकम्पको खतरा रहेको चेतावनी दिएकोले पनि हामी यो कार्यमा जुट्नु परेको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्रबाहादुर वाग्लेले हरेक काम गर्दा व्यक्तिगत भन्दा संस्थागत तबरले गनुपर्ने र हरेका व्यक्तिले जिम्मेवारीलाई पूर्णरुपले बहन गर्न सक्नु पर्ने बताए । 

विस्व स्वास्थ्य संगठनका राष्ट्रिय कार्यक्रम अधिकृत दामोदर अधिकारीले प्राकृतिक विपत्ती पूर्वजानकारी दिएर नआउने भएकाले पनि मानिसले त्यसबाट क्षति न्युनिकरण गर्नको लागि पूर्व तयारीमा जोड दिनु पर्ने धारणा राखे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डा.शुशिलनाथ प्याकुरेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक डा. धर्मराज गोसाई, पाँच नम्बर प्रदेशका सामाजिक विकास सचिव कृष्णप्रसाद ज्ञावाली, कर्णाली प्रदेश स्वास्थ्य महाशाखा प्रमुख विर्षबहादुर शाही, भेरी अञ्चल अस्पतालका प्रमुख डा.रुपानन्द अधिकारी, डा.नबिन फुयाल, पाटन एक्याडेमी अफ हेल्थ साइन्स कि डा.सुमन्ना बज्राचार्य, नेपालगञ्ज मेडिकल कलेज प्रमुख डा.लोमन किदवाईलगायतले विपद व्यवस्थापन पूर्वतयारी कार्यलाई बेलैमा गम्भीरुपले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

राप्ती, भेरी, सेती, डडेल्धुरा अस्पतालहरुमा आपतकालका लागि औषधिका कन्टेनर राखिएको र अब कर्णालीमा पनि त्यस्तो कन्टेनर राखिने पनि स्वास्थ्य मनत्रालयले जनाएको छ । 

त्यसैगरी फगुन १ गतेदेखि ४ गतेसम्म कैलाली, बर्दिया, बाँके, दाङ, रुपन्देही, कपिलबस्तुलगायतका रोड साइडका जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेपालगञ्ज प्रहरी अस्पतालमा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रमको तालिम चालिरहेको छ । 

सो कार्यक्रमको रिपोर्टिङ थता अबलोकनका लागि काठमाडौं, सुर्खेत, जुम्ला लगायतबाट अएका प्रतिष्ठित राष्ट्रिय संचार माध्मबाट संचारकर्मीहरु पनि सम्मिलित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले