2026-09-14 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन

कृष्ण बिष्ट | फागुन ११, बैतडी | बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन गरीएको छ । पिपिआर रोगलाई निर्मुल पार्नको लागि जिल्लामा यस बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरीएको हो ।

भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीका अनुसार महामारीको रुपमा फैलिएका सिगास गाउपालिकामा पिपिआर बिरुद्धको खोप लगाइसकेको र अहिले दशरथचन्द नगरपालिकामा सञ्चालनमा रहेको छ ।  दशरथ चन्द दगरपालिकाको वडा न.१ र २ मा बाख्रामा पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । वडा न.१ र २ मा ३ सय भन्दा बढि बाख्रामा पिपिआर रोग बिरुद्धको खोप लगाइएको जनाइएको छ ।

भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीको कार्यक्रम अनुसार शुक्रबार देहिमाण्डौ र गुरुखोलाका कृषकहरुले पालेका बाख्राहरुमा खोप लगाइएको पशु प्राबिधिक मदन सिंह महराले बताउनुभयो । १ हप्ता सम्म यहाँका सबै खसि बोका तथा बाख्रामा खोप लगाइने उहाँले बताउनुभयो । भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडी र वडा कार्यालयको समन्वयमा यो कार्यक्रम लागु भएको पशु प्राबिधिक मदन सिंह महराले बताउनुभयो । 

जिल्लाका बिभिन्न ठाउँहरुमा भेडाबाख्रामा बिभिन्न किसीमका रोगहरु देखा पर्ने गरेको र बाख्राहरु मर्ने गरेकोले यो पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको महराले जानकारी दिनुभयो । यस प्रकारको खोप लगाईदिदा कृषकहरु खुसी पनी भएका छन । यस्तै पिपिआर बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भैरहेकाले सबै कृषले आफ्ना बाख्राहरुमा खोप लगाउन भेटनरि अस्पताल तथा पशुबिज्ञ केन्द्र बैतडीले पनी आग्रह गरेको छ ।

गत पुसमा जिल्लाको सिगास गाउपालिमा यस रोगले सय भन्दा बढि बाख्राहरु मरेका थिए । त्यस लगत्तै पशुबिज्ञ केन्द्रले पिपिआर बिरुद्धको खोप सञ्चालन गरेको थियो ।  यो कार्यक्रम जिल्लाका अन्य ठाउहरुमा पनि सञ्चालन हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले