Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अवस्था बिश्लेषण प्रतिबेदनमै आडम्बर संस्कृतिको हमला

२०७५, २५ फाल्गुन शनिबार १५:४७

दलसिंह गिरी | फागुन २५, कालिकोट | जिल्लाका ग्रामिण भेगमा परम्परागत आडम्बरी संस्कृतिको अवशेष बाकी रहेको एक प्रतिवेदनले देखाएको छ । स्थानीय साझेदार संस्था सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल)ले गरेको अवस्था विश्लेषण प्रतिवेदनले यस्तो देखाएको हो । 

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा रास्कोट नगरपालिकाका ९ वटै वडामा ३० जना भोलेन्टियर खटाएर गरेको बालबालिकाको अवस्था विश्लेषणमा धेरैजसो परम्परागत आडम्बरी संस्कृति रहेको देखाएको छ । 

बालबालिकाको अबस्था विश्लेषणका सूचक तयार पारी गरिएको सर्वेक्षणमा साना बालबालिकालाई अभिभावकले गराउने काम, बालबालिकाको खानपीन, बालबालिका प्रति अभिभावकले गर्ने ब्यवहारमा खासै परिवर्तन नदेखिएको प्रतिवेदनमा देखाइएको छ । 

पछिल्लो चरण अभिभावकहरुमा बालबालिकाहरुलाई अनिवार्य विद्यालय पठाउनु पर्छ भन्ने सचेतना विकास भएपनि बालबालिकालाई घरमा पठनपाठनको ब्यवस्था, समयमै उचित खानपीनको ब्यवस्था र अभिभावकले बालबालिकालाई देखाउने पर्ने ब्यवहारमा खासै सुधार नदेखिएको उल्लेख गरिएको छ । 

यसको प्रमुख कारकतत्व गरिवी, अशिक्षा, बेरोजगार रहेको प्रतिवेदनले देखाएको छ । बालबालिकाको अवस्था विश्लेषण प्रतिवेदन तयार पश्चात नगरपालिकामा रहेका ४२ जना स्थानिय जनप्रतिनिधी, सरोकारवाला, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुसंगको एक भेलाको आयोजना गरी उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

उक्त प्रतिवेदनमा विद्यालय, स्वास्थ्य संस्था, जस्ता सार्वजनिक निकाय तथा संघ–संस्थाहरुमा समेत बालअधिकार मैत्री सुविधा, भौतिक संरचनाको अवस्था  जलबायुपरिबर्तनको प्रभाब, कृषी उत्पादनमा अर्गानिकता लगायतका विविध विषयको अवस्थाबारे चित्रण गरएको छ ।

रास्कोट नगरपालिकाकामा बालबालिका को अवस्था विश्लेषण गरेको सादा नेपालले यथार्थपरक प्रतिवेदन तयार गरी सार्वजनिक गरेको भन्दै नगर प्रमुख काशीचन्द्र बरालले बालबालिकाको सवालमा नगरले प्रस्तुत गर्ने कार्यक्रम तथा कार्यविधि निर्माणमा प्रतिवेदन गाईडलाईन बनेको भन्दै प्रशंसा गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख बरालले रास्कोट नगरपालिकामा पहिलो प्राथमिकता भनेको मानब शंसाधनको बिकास भएकाले भोलीको भविश्यका लागि बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायत आधारभुत आवश्यकता परिपूर्ति हुनेखालको जिबनस्तर बढाउन स्वरोजगार सृजना गर्ने, क्षिक्षामा गुणस्तरीयता ल्याउने स्थानीय स्तरमा जिबन उपयोगी शैक्षिक पाठ्यक्रम र शैक्षिक क्यालेन्डर बनाउन प्रतिवद्धता ब्यक्त गरेका छन् । 

यस्तै उपप्रमुख मिमसरा शाहीले बालबालिकाहरुको नैनिकवान चेतनास्तर विकासका लागि आमा पहिलो आधार भएकाले महिला अथवा आमा लक्षित कार्यक्रम अगाडी बढाउन प्रतिवेदनले बाटो देखाएको भन्दै प्रशंसा गरेकी छन् । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै वडा नं. २ वडा अध्यक्ष दयाराम सिमखाडा वडा नं. ३ अध्यक्ष देउसिंगे कुमाल, वडा नं. ४ का अध्यक्ष बिनोद शाही र वडा नं. ६ का वडा अध्यक्ष टक्क फर्सालले यस प्रतिवेदनको आधारमा स्थानीय स्तरमा कार्यक्रम लैजादा निकै प्रभाबकारी हुने र लक्षित समुदायमा सजिलै पुग्न सकिने बताएका छन् । 

प्रतिवेदन सार्वजनिक गर्दै सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले प्रतिबेदन तयारी प्रक्रिया, बिधि र औजारहरुको बारेमा भबिश्यमा बालबालिका सम्बन्धि कार्यक्रम संचालन गर्न आधार तयार गरेको र रास्कोटको बस्तुस्थितिलाई चित्रण गरेको भन्दै कार्यान्वयनमा सादा नेपालले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश