2026-10-31 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरोकारवालाको प्रतिवद्धता: बालमैत्री वडा घोषणा

माधव बेल्वासे | चैत्र २, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन । सनिवार वडा न १ को आयोजनामा रहेको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले हस्ताक्षर गरेर बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन ।

यस शिवराज नगरपालिका वडा १ मा बालमैत्री स्थानिय शासन अवलम्वन घोषणा तथा यसको निरन्तरताका लागी हामी यस वडाका सम्पुर्ण सरोकारवालाहरुले प्रतिवद्धता गर्दछौ लेखेको व्यानरमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसीले शिवराज नगरपालिकालाई वालमैत्री नगर घोषणा गर्नुपर्ने वताए ।कपिलवस्तु जिल्ला धेरै कुरामा पछाडी रहेकोले अव नागरिक सचेत हुनुपर्नेमा जोड दिए । वालवालिका भोलीका कर्णदार रहेकोले वालश्रम,वालविवाह जस्ता अपराध गर्ने छुट कसैलाई नरहेको वताए ।

विदेशि देशहरुमा वालवालिकाका हिंसा गर्न नपाउने भएपनि नेपाल मा भने बालवालिका प्रतिको व्यावहार परिवर्तन नआएको वताए । गाउँलाई स्वस्थ्य सफा राख्न सवै लाग्नुपर्ने भन्दै अव अभिभावकले वालवालिकाको अवस्था बारे ख्याल गर्नुपर्ने वताए । “हाम्रो समाजमा छोरीलाई नियन्त्रणमा राख्ने तर छोरालाई ख्याल नगर्दा मदिराजन्य पदार्थ सेवनले समाजमा विकृति सिर्जना भएको छ ”उनले भने — अव आमावुवाले छोरीको मात्र होइन छोराको पनि ख्याल राख्नपुपर्छ । बालबालिकासँगको सहकार्यमा मात्रै बालमैत्री वडा सम्भव हुने भन्दै सो बातावरण वडास्तरमा बनाउन सांसद केसीले सुभाव दिए ।  शिवराज नगरपालिका विभिन्न जातजाति बसोवास गर्ने ठाउ रहेकोले सामाजिक सदभाव आवश्यक रहेको वताए । वालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहदा स्थानिय नागरिकहरु पनि यस अभियानलाई सफल पार्न लाग्नुपर्ने वताए ।

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शिवराज ९ लाई वालमैत्री वडा घोषणा गरेर अभियान सुरु गरेको जनाए । शिवराज नगरपालिका वडा १,२ वडा अन्तिम चरणमा रहेको भन्दै यस पश्चात शिवराज नगरपालिकाका अन्य वडालाई पनि वालमैत्री वडा घोषणा गर्ने जनाए । बालवालिकाको हक अधिकार सुनिश्चित गर्न नगरपालिकाले प्रयास गरिरहेको वताउदै मधेशि समुदायमा केहि जटिल रहेको वताए । 

वडा न १ का वडा अध्यक्ष जगत वहादुर जिसिले वडा स्तरिय समिति गठन गरेर वैसाख महिना भित्र वडालाई वालमैत्री वडा बनाउने घोषणा गरे । स्वेयमसेवक,वालक्लव,युवाक्लव,आमा समुह लाई परिचालन गरि गाउँ गाउँमा सन्देश पुरयाउने काम भइरहेको जिसिले जनाए । शिवराज नगरपालिका वडा न १ लाई  चैत्र मसान्त सम्म बाल मैत्री वडा स्थापना गर्ने योजना बनायता पनि समपुर्ण सुचकहरु पुरा गर्दै जादाँ केही समय लम्बिएको बताउदै अब  वैसाख १५ सम्म घोषण हुने जनाए ।बाल मैत्री वडा स्थापित गर्ने क्रममा प्रत्येक घरघरमा गएर सर्वेक्षण गरिने जिसीले वताए । सवै  सुचकलाई अनिवार्य पुरा गरेर सवैको सहयोगमा वडालाई बालमैत्री वडा बनाउने उद्धघोष गरे । कार्यक्रममा बालमैत्री स्थानीय शासन, यसको अवधारणा, आवश्यक्ता, चरण, कानून लगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय