2026-09-13 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

चैत ४, सुर्खेत | प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि दलीय पहलकदमी जरुरी छ, नेताहरूले यो अभियानको अगुवाइ गर्न हुनुपर्छ ।” 

अध्यक्ष रावतले प्रदेश विभाजनले कर्णाली र बाँके–बर्दियाबीचको भावनात्मक सम्बन्धलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो । कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले एउटै अञ्चलमा रहेका बाँके–बर्दिया र सुर्खेतबीच व्यापारिक मात्र नभई सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का सदस्य नरेन्द्र शर्माले साझा सवालमा अलग प्रदेश भनेर मौन बस्न नहुने धारणा राख्नुभयो । अन्तरक्रियामा व्यवसायीले अन्य जिल्लाको कर्णालीको राजधानी सुर्खेतसँग दूरी छोटिँदै गए पनि प्रादेशिक विभाजनले भावनात्मक दरार उत्पन्न गराएको बताए । व्यवसायीले औद्योगिक विकासका लागि सुर्खेतलाई दक्षिणी नाका तथा बाँके–बर्दियालाई प्रशासनिक छरितोका लागि सुर्खेत आवश्यक पर्ने निचोड निकालेका थिए । 

खोला क्षेत्र फराकिलो पारिँदै 

वीरेन्द्रनगरको इत्राम खोला क्षेत्र फराकिलो पार्नुका साथै तटबन्ध निर्माण शुरु गरिएको छ । चुरे पहाडबाट बग्ने बाढीले वर्षेनी तल्लो तटीय क्षेत्रमा धनजनको क्षति गराउन थालेपछि तटबन्ध निर्माण शुरु गरिएको हो । 

तटबन्ध निर्माणले वीरेन्द्रनगर वडा नं ९ र १० को सिमाना हुँदै अनियन्त्रित बग्ने खोलाबाट हुने क्षति रोक्ने बताइएको छ । डिजिभन सिँचाइ कार्यालय सुर्खेतले झण्डै रु १७ लाखमा बुलबुलेदेखि दक्षिण क्षेत्रमा १० मिटरको तटबन्ध निर्माण थालेको हो । 

“यसअघि इत्राम खोला बुलबुले क्षेत्रबाट अनियन्त्रित भएर बग्थ्यो”, वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो, “तटबन्ध बनेपछि पानीलाई एकै ठाउँबाट निकास क्षेत्रमा पुग्न सहज भयो ।” वर्षेनी इत्राम खोलामा आउने बाढीले लाटीकोइलीको पूर्वी क्षेत्र जलमग्न हुने गर्दछ । 

विसं ०७१ साउनमा आएको बाढीले यस क्षेत्रमा धनजनमा ठूलो क्षति पु¥याएको थियो । खोलाको क्षेत्र स्पष्ट नहुँदा धानबालीमा समेत क्षति पु¥याउँदै आएको छ । वडाध्यक्ष मानन्धरले असार मसान्तसम्म तटबन्धको काम सम्पन्न हुने बताउनुभयो । खोला क्षेत्र फराकिलो बनाएपछि किनारमा ग्याबिन जालीमा ढुङ्गा भरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन