2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा महोत्सवको चटारो

कृष्ण बिष्ट | बैशाख ८, बैतडी | बैतडीमा धमाधन महोत्सव अयोजना भइरहेका छन । जिल्लाका बिभिन्न ठाउहरुमा एक पछि अर्को महोत्सव सञ्चालन हुन थालेपछि महोत्सवको चटारो नै बढेको हो । चैत्र २० गते देखि हाल सम्म चार स्थानमा धार्मीक तथा सास्कृतीक महोत्सवको अयोजना गरिएको छ । 

चैत्र २० गते देखि १ हप्ता सम्म जिल्लाको पाटन नगरपालिकामा महोत्सवको अयोजना गरिएको थियो । यसैगरी सुर्नया गाउपालिका ५ स्थीत सिगास माबीमा २३ गते देखि धार्मीक महोत्सवको अयोजना गरीएको थियो । लगत्तै मेलौली नगरपालिकामा पनि २ गते देखि महोत्सव सञ्चालनमा रहेको छ । यो सँगै सिगास गाउपालिका वडा नं २ मा पनि तेश्रो च्वागड महोत्सवको आयेजना गरिएको छ ।

यसैगरी दोगडाकेदार गाउपालिकामा यहि बैशाख ११ गते देखि १३ गते सम्म महोत्सव सञ्चालन हुने भएको छ । “सुन्दर सुदूरपश्चिम हाम्रो शान,पर्यटन कृषि विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । लालीगुँरास सांस्कृतिक तथा पर्यटन विकास केन्द्रको आयोजनामा सञ्चालन हुने महोत्सवमा दोगडाकेदार गाउँपालिकाको सहयोग रहेको महोत्सव सञ्चालन समितिका अध्यक्ष भोजराज जोशीले जानकारी दिनुभयो । 

महोत्सवमा स्थानीय कला, संस्कृती,भेषभुषा झल्किने देउडा, छलिया लगायतका अन्य प्रस्तुती पनि रहने भएका छन् । महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा कृषि तथा पर्यटकिय क्षेत्रको विकासमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको भनाई रहेको छ । श्रीकोट सनातन धर्म मावि खोचलेकको प्राङ्गणमा सञ्चालन हुने महोत्सव वैशाख १३ गते सम्पन्न हुने जनाईएको छ । 

जिल्लामा जारी महोत्सवमा दर्शकहरुको पनि बाक्लो उपस्थिती रहेको आयोजकहरुले जनाएका छन । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेने गरेकोमा दर्शकहरुको बाक्लो उस्थिती रहेको सिगास तेश्रो च्वागड महोत्सवका सास्कृतीक समितीका संयोजक मुरलीधर अवस्थीले जानकारी दिए ।

महोत्सवमा महिला र युवायुवतिहरुको उपस्थिती बढि देखिएको उनको भनाइ छ । “स्थानिय कलाकार र जिल्लाकै रीतिसस्कृती झल्कीने देउडा तथा छलिया नाचको प्रस्तूती रहने गर्दछ, उनले भने  “महिलाहरुलाई छलिय तथा देउडा प्रस्तुती मन पर्ने भएकाले महिलाहरुको उपस्थिती रहेको हो” ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले