2026-09-13 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

समृद्धिका लागि सबै पक्षको एकता जरुरी छः अध्यक्ष शाही

बैशाख १९, सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अध्यक्ष धनजीत शाही ‘आदर्श’ले कालिकोटको सुशासन, समृद्धि र बिकासका लागि सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । नेकपाको अध्यक्ष भए पछि गृह जिल्ला कालिकोट फर्किन लागेका अध्यक्ष शाहीले विहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

रोग, भोक, गरिबी र विकटताको पहिचान भएको कर्णालीका सम्भावनाहरुको खोजी गरी समृद्ध प्रदेश बनाउन सबै पक्षको सहकार्य र एकता जरुरी भएको उनले बताए । ‘कर्णालीको पहिचान बदल्नु अहिले प्रमूख आवश्यकता हो’ अध्यक्ष शाहीले भने, ‘त्यसका लागि हामीले यहाँको सम्भावना पहिचान गरी काम थाल्नु पर्दछ ।’ सबै तहमा नेकपाको बलियो सरकार भएको भन्दै उनले सरकार सञ्चालनका लागि पार्टीले आवश्यक निर्देशन गर्नु पर्ने बताए ।

नेकपा कालिकोटको अध्यक्षको जिम्मेवारी आफ्ना लागि चुनौती र अवसर दुबै भएको भन्दै पार्टीको सुदृढीकरण र जिल्लाको बिकासका लागि आफु पूर्ण रुपमा लागि पर्ने बताए । सबै पक्षसंगको छलफल गरी उपयुक्त निर्णय गर्न आफु सजग रहेको उनको भनाई छ । पार्टीका नेताहरुबीचको गुटबन्दी अन्त्य गर्न पनि आफु लागि पर्ने शाहीको भनाई छ । ‘नेकपा अब एकल गुटमा रहन्छ’ उनले भने, ‘अबको गुट भनेको नेकपा मात्र हो, कोही व्यक्तिको गुट रहँदैन ।’ पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढिकरणको अभियान थालिने उनले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले कालिकोटका स्थानीय तहमा मौलाएको वेतिथी र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न भूमिका खेल्न अध्यक्ष शाहीलाई सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन