Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ बैसाख २२ गते, अपराह्न ५:५० बजे बैतडी - BTD, समाज

दलितको नाममा आएको रकम नगरपालिकाले तोडमोड गर्न खोज्योः दलित अगुवा

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | वैशाख २२, बैतडी | बैतडीको दशरथचन्द नगरपालिकाले दलितको नाममा आएको रकम तोडमोड गर्न खोजेको भन्दै दलित अगुवाहरुले खबरदारी गरेका छन ।

दशरथचन्द नगरापलिकाको यहि बैसाख १६ गते बसेको कार्यपालिकाको बैठकबाट दलित समुदायको लागि बिनियिोजन भएको बजेटलाई अन्यत्रै खर्च गर्न, भागबण्डाको चलखेल हुन लागेको भन्दै खबरदारी गरेको हो । दलित क्षमता बिकासको लागि अर्थ मन्त्रालय मार्फत स्वीकृत ३ करोड बजेटलाई तोडमोड गर्न खोजीएको भन्दै  दलित क्षमता बिकासमै खर्च गर्नुपर्ने उनिहरुको माग रहेको छ ।

बिशेष अनुदानको कार्यबिधि २०७५ र बजेट माग गर्दा आफैले गरेको सिफारीसलाई तोडमोड गरी बिनियोजन गर्न खोजेको आरोप लागेको हो ।

शनिबार बसेको बिभिन्न संघ संगठनहरुको सामुहिक बैठकबाट बिज्ञप्ती जारी गर्दै दलित समदायको क्षेत्रमै काम गर्नको लागि उक्त बजेट खर्च गर्नुपर्ने माग गरेका छन । जुन शिर्षकमा बजेट खर्च गर्ने भनि माग गरीएको थियो, सोहि बमोजिम खर्च गर्नुपर्नेमा बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराइएको छ ।

जनताको त्याग, तपस्या र बलिदानले गणतन्त्र स्थापना भइ देशले संघियाता पाएको अवगत गराउदै नागरीक मुखि योजनामा ध्यान दिन समेत ध्यानाकर्षण गराएको छ ।

नेपाल उत्पीडीत मुक्तीसमाज बैतडीका अध्यक्ष बलभद्र दयाल, नेपाल दलित संघ बैतडीका अध्यक्ष रमेस कोली, नेपाल दलित मुक्ती मोर्चा बैतडीका अध्यक्ष भुवन चुनारा, नागरीक समाज बैतडीका अध्यक्ष कर्ण दयाल, दलित गैर सरकारी संस्था बैतडीका अध्यक्ष राजुराम भुल र मानव अधिकारकर्मी सरस्वती नेपालीको संयुक्त हस्थाक्षरीत बिज्ञप्ती मार्फत नगरपालिकाको ध्यानाकार्षण गरीएको छ ।

सन २०१८को दर्नाल अवार्ड प्राप्त समेत रहनुभएकी मानव अधिकारकर्मी सरस्वती नेपालीले संबिधानमा उल्लेखित नागरीकको अधिकारको कार्यान्वयन गर्न स्थानिय सरकार तदारुकताका साथ अगाडी नबढेको बताइन ।

यस्तै नगरपालिकाले भने कार्यपालिकामा ३ जना दलित समूदायका व्यक्तिहरु समेत रहेकाले उनीहरु सहितको बैठकले रकम बिनियोजन गर्ने निर्णय गरेको र रकमको दुरुपयोग नहुने बताएको छ । नगरपालिकाले कुनै ब्याक्ती बिषेश भनेर कार्यक्रम नआएकोले आफ्नो निर्णमा अडिक रहने उपप्रमुख मिनाचन्दले जानकारी दिनुभयो । रकम बिभिन्न शिर्षकहरुमा बिनियोजन गरीएकोले दलित समुदायका मात्रै ब्यक्ति लाभाम्बीत नभई अरु पनि लाभाम्बीत हुने उनले बताइन ।