2026-09-13 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राम्नाकोटमा घरको छाना खरमुक्त बनाइने

बैशाख २४, कालिकोट । यहाँको पचालझरना गाउँपालिकाले राम्नाकोटलाई खरको छानोमु्क्त बनाउने भएको छ । पचालझरना गाउँपालिकाको वडा नं. ४ राम्नाकोटका घरहरुमा गाउँपालिकाले जस्तापाताको छानो बनाउने भएपछि स्थानीय खुशी भएका छन् । खडेरीमा हुन सक्ने आगलागीलगायतका प्राकृतिक प्रकोपहरूबाट बच्न गाउँका घरहरु खरमुक्त बनाउन लागिएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

‘आगलागी लगायतका सम्भावित प्राकृतिक विपद्हरूबाट जोगिनका लागि कालीकोटको पचालझरना गाँउपालिकामा खरमुक्त छाना अभियानको शुरू गरिएको हो,’ उनले भने, ‘गाँउपालिकामा रहेका घरहरूमध्ये ७५ प्रतिशत घरहरू खरले छाएको अवस्था छ । २३ सय घरधुरीमा १६ सय घरधुरी खरले छाएको हामीले पाएका छौं ।’ गाँउपलिकाको वडा–४ बाट छाना परिवर्तन गर्ने योजना शुरूआत गर्न लागिएको अध्यक्ष सेजुवालको भनाइ छ ।

राम्नाकोटका ४० घरलाई टिनको छानाबाट छाउने शुरूआत गरिने उनले बताए । ‘आगामी पाँच वर्षभित्र गाउँपालिकामा खरको छानो मुक्त बनाउने योजनाका साथ हामी अघि बढेका छौं’ उनले भने । चालु आर्थिक बर्षमा उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । ‘हामीले समिति समेत बनाएर पाता खरीद प्रक्रियाको शुरूआत गरिसकेका छौं,’ अध्यक्ष सेजुवालले भने, ‘आगामी जेठ भित्रै हामीले सबै घरमा टिनको पाता लगाइसक्ने गरी अभियानको शुरूआत गरेका हौं ।’

गाउँपालिकाले घर।रको छानामा जस्तापाता लगाइदिने भए पछि स्थानीय जना सेजुवालले खुशी लागेको बताईन् । ‘बर्षौदेखि खरको छानोमुनि बस्दै आएका थियौं,’ उनले भनिन्, ‘अब चम्किला घरमा बस्न पाउने व्यवस्था सरकारले मिलाउने भयो ।’ सोही गाउँपालिकाका दानबहादुर बमले खरको छानोबाट आगलागिको खतरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन