2026-09-13 10:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी: बिहे गर्न उमेर नपुगेका किशोरीको घरमा हरीयो झण्डा

कृष्ण बिष्ट | बैसाख २८, बैतडी | बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ४ कि अनिता धानुकको घरमा नगरपालिकाले हरियो झन्डा गाडेको छ । “बाल बिवाह गर्न अपराध हो, बिहेवारी २० वर्ष पारी, सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी” नामाकरण गरी उनको घरमा हरीयो झन्डा गाडीएको हो । यसको संकेत बिहे गर्न उनको घरमा उमेर पुगेको छैन भन्ने संकेत हो ।

“बिहे गर्न उमेर नपुगेको हुनाले आफ्नो घरमा नगरपालिकाले हरीयो झण्डा गाडेको हो, उनले भनिन, २० वर्ष मुनिको किसोरीको घरमा यसै गरी नगरपालिकाले हरीयो झण्डा गाडेको छ । हरीयो झण्डा गाडीएको घरमा बिहे गर्नको लागि किसोरीको उमेर पुगेको छैन भन्ने संकेत रहेको उनले बताइन । 

नगरपालिकाले बाल बिवाह न्युनिकरणको अभियान सञ्चालन गरेको छ । प्रत्येक वडाहरुमा किसोरिबृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरेकोले किसोरीहरु पनि बाल बिवाह गर्नु नपर्नेमा सचेत भएका छन । 

नगरपालिकाले बाल बिवाहक न्युनकिरणको लागि चालेका अभियान राम्रो रहेको किसोरीहरुले बताएका छन । यस कार्यक्रमले बालबिवाक न्युनिरकण्मा सकारात्मक भुमिका खेल्ने अर्की किसोरी लक्ष्मी भण्डारीले बताइन । उनले भनिन् “यस कार्यक्रममा म पनि सहभागी भएकि छु, स्वयम म पनि बाल बिवाह गर्दीन, अरु साथीहरुलाई पनि बाल बिवाह गर्नु हुन्न भनी बिभिन्न सचेतनाका कार्यक्रममा सहभागि हुने गरेकि छु”। उनले बताइन ।   

नगरपालिकाले सेवा क्षेत्रभित्रका एक हजार घरहरुमा हरीयो झण्डा गाडेको छ । हरीयो झण्डा गाडीएको घरमा १६ देखि २० वर्ष उमेर समुहकी किसोरीहरु भएकाले सो घरमा बिहे गर्न उमेर पुगेको छैन भनि बुझ्नु पर्ने किसोरीबृतमा आबद्ध जयन्ती अवस्थीले बताइन । उनले भनिन “नगरपालिकाले बाल बिवाह न्युनिकरणको अभियान सरहानिय छ, बालबिवाह न्युनिकराण्मा नगरपालिकाले चालेको अभियानमा समद्ध सबै निकाय र आम अभिभावकहरुले साथ दि नुपर्ने हुन्छ ।”

अबको अढाइ वर्ष भित्रै पुर्चाैडी नगरपालिकालाई बाल बिवाहमुक्त नगरपालिका बनाउनको लागि अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसोरीहरुलाई बिवाह २० वर्ष पुरा भएपछि मात्रै गर्नुपर्छ भन्ने धारणा बसाल्नको लागि प्रत्येक वडाहरुमा वडास्तरीय किसोरीबृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको उपप्रमुख जानकी बमले जानकारी दिइन । ग्रामिण भेगमा किसोरको तुलनामा बाल बिवाह गर्ने किसोरीहरु बढी रहेकाले वडा स्तरीय किसोरीबृत गठन गरी सचेतनाका कार्यक्रमहरु सञ्चालन गरीएको उपप्रमुख बमले बताइन । सचेतनाका कार्यक्रममा उमेर नपुग्दै बिहे गरेमा हुने शैक्षीक, सारिरीक तथा मानसिक समस्याका बारेमा जानकारी गराइन लागेको उपप्रमुख बलमे बताइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले