कृष्ण बिष्ट | जेठ १, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरक्षक असोक बहादुर पालको नेतृत्वका खटिएको टोलीले वैशाख ३१ गते अर्थात सोमबार साँझ राती पन्तको घरमै गएर कुटपिट गरी हत्या गरेको पारिवारिक स्रोतको दाबी छ ।

मृतक पन्तका ४० वर्षीय छोरा लवदेव पन्तको सोही दिन राती स्थानिय बजारमा पसल मालीक शान्ती पन्तसंग मदिरा सेवन गर्दा समान्य बिवाद भएको थियो । पसल मालिक शान्तीले ईलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि, पन्तलाई पक्राउ गर्न प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरा सहित ५ जनाको टोली राती १२ बजे पन्तको घर पुगेको आफन्त हरीदत्त पन्तले जानकारी दिए ।

उनले घट्ना स्थल पुगेका प्रहरी टोलीले मदिरा सेवन गरेको र लवदेव पन्तलाई बजारबाट घर आएर सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा मृतक बुवा कमलाकान्तले रोक्ने प्रयास गरेपछि प्रहरीले कुटपिट गरेको बताए । प्रहरीले एक्कासी थप्पड, मुक्का र डण्डा गरी कुटपिट गरेको र छोरालाई लिएर गएको दोस्रो बिहान कमलाकान्तको मृत शव भेटाएको स्थानियको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गिरीले सोही बिवाद मिलाउन प्रहरी टोली घटना स्थल पठाइएको तर प्रहरीको कुटाइबाट मृत्यु भए नभएको पोष्टमाटम पछि मात्रै पुष्टि हुने बताए । मृतक पन्तको शव पाटन स्वास्थ्य कार्यालयमा राखीएको र आजै पोष्टमाटम गरीने डिएसपी गिरीले जानकारी दिए ।

पिडीत पन्त परिवारले घटनामा संलग्न प्रहरीलाई कारबाहीको र पिडीत पक्षलाई उचित क्षतिपुर्तिको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

May 15, 2019
बैतडी - BTD, समाज
बैतडीमा प्रहरीले कुट्दा ७४ बर्षीया बृद्धको ज्यान गएको पारिवारिक स्रोतको दाबी
By साझासवाल
4 मिनेट पढाइ