कृष्ण बिष्ट | जेठ ९, बैतडी | बैतडीमा गुडि रहेको जिपबाट हाम फाल्दा एक जानाको मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाको गिरेगडादेखि देहिमाण्डौ तर्फ गइरहेको म १ ज ११९ नं जिपमा सवार पञ्चेश्वर ५ नयागाँउका ४२ वर्षी राजु कोलीको मृत्यु भएको हो ।

बिहिबार साँझ ६ बजेतिर दशरथचन्द नगरपालिका ९ पार्सा भन्ने ठाँउमा हाम फाल्दा गम्बीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिप चालक अन्ताजी २७ वर्षीय जनक राज जोसी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्र मणी गिरीले जानकारी दिनुभयो । चालकको खोजी भइरहेको पनि उहाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

May 23, 2019
बैतडी - BTD, समाज
गुडिरहेको गाडीबाट हाम फाल्दा एकको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ