२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दुर्लभ हिमचितुवा र सुनौलो बिरालो फेला

२३ जेष्ठ २०७६, बिहीबार ०२:५०

जेठ २३, जिरी (रासस) | गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो ।

आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर गरिएको अध्ययनबाट हिमचितुवाका तीन तस्वीर रेकर्ड भएपछि सो क्षेत्रमा हिमचितुवा रहेको पुष्टि भएको हो ।

आयोजनाका अनुसार क्यामेरा ट्रापिङबाट दुर्लभ सुनौलो बिरालोको तस्वीरसमेत रेकर्ड भएको छ । त्यसैगरी संरक्षित तथा दुर्लभ जन्तु चरिबाघ, कस्तुरी मृग, आसामी बाँदरजस्ता जनावरको समेत तस्वीर रेकर्ड भएका आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामेरा ट्रापिङमा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरोलगायत १५ स्तनधारी जनावरको तस्वीर रेकर्ड भएको छ ।

संरक्षण क्षेत्रमा जीवजन्तुको उपस्थिति पत्ता लगाउन आयोजनाले विसं २०७५ असोजदेखि २०७६ वैशाखसम्म लप्ची उपत्यकामा गरेको क्यामेरा ट्रापिङबाट चार हजार ८७ मिटरमाथिको उचाइमा हिमचितुवाका तीन तस्वीर रेकर्ड भएको हो । हिमचितुवाको तस्वीर रेकर्ड भएको स्थान लप्ची गुम्बाबाट सात किलोमिटरको दूरीको खोलाछेउस्थित सुनापाती र धुपीका मसिनाबोट तथा हिमाली घाँसे भूमि पर्दछ ।

लप्ची उपत्यका नेपालमा तुलनात्मक रुपमा प्राकृतिक अवस्थामा रहेको हिमाली क्षेत्र हो । यस क्षेत्रमा शेर्पाको बसोबास छ । सांस्कृतिक रुपमा यस क्षेत्रमा जीवजन्तुको काटमार तथा मासुजन्य पदार्थ उपभोग पूर्णतः बर्जित गरिएको हुनाले वन्यजन्तु संरक्षणको दृष्टिले सुरक्षित मान्न सकिन्छ । 

हिमचितुवा मध्यएशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्र्तराष्ट्रिय संरक्षण सङ्घ (आइयुसिएन) ले समेत दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको छ । हिउँचितुवा विश्वमा १० हजारभन्दा कम सङ्ख्यामा जीवित रहेको अनुमान गरिएको छ । नेपालमा यसको सङ्ख्या ३०० देखि ५०० को सङ्ख्यामा रहेको अनुमान छ भने यस संरक्षण क्षेत्रमा तीनदेखि पाँचसम्म रहेको अनुमान छ । नेपालको कञ्चन्जङघा, मकालु बरूण, सगरमाथा, लाङटाङ, मनास्लु, अन्नपूर्ण, शे–फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पालगायतका हिमाली क्षेत्रमा हिउँचितुवा उपस्थितिको रकर्ड गरिएको छ ।

जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण यो क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोषको स्वीकृति ‘जैविक विविधता अध्ययन अनुसन्धान’ शीर्षकअन्तर्गतको अनुसन्धानकार्य गरिएको आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । अनुसन्धानमा आयोजनाका संरक्षण अधिकृत पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इञ्जिनीयरिङ कलेज, स्नातकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा नारायणप्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाका प्राकृतिक स्रोत संरक्षण सहायक शङ्करमान थामी र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी विजय बस्यालको समूहले क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की