२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

२०८१, २९ चैत्र शुक्रबार १४:५१

काठमाडौँ | निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी सङ्घ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत ५५० श्रमिकको शिविरमार्फत स्वास्थ्य परीक्षण गरेको हो । निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गराउन पाउँदा श्रमिक उत्साहित भएका थिए । स्वास्थ्य उपचार गराउन आउनुभएका रामबहादुर गहाले भन्नुभयो, “कामको व्यस्तता र पैसा नहुँदा स्वास्थ्य जाँच गर्न अस्पताल जान नसकेका बेला निर्माणकर्मी सङ्घले शिविरमार्फत स्वास्थ्य जाँच गर्ने अवसर दिएकामा खुसी लागेको छ ।” आफ्नो स्वास्थ्यप्रति हामी आफैँले लापरबाही गर्दै आएका रहेछौैँ भन्ने महसुस भएको उहाँको भनाइ छ ।

उहाँले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामी जस्ताले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुनेसमेत बताउनुभयो । उहाँ जस्तै धेरै श्रमिक स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी देखिन्थे । दैनिक श्रममा व्यस्त हुँदा श्रमिकहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सङ्घका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश श्रमिक चेतनाको अभावका कारण रोग पालेर बस्ने गरेका छन्, जब जटिल अवस्था सिर्जना हुन्छ तब मात्र उनीहरु अस्पताल दौडिन्छन्, जसले गर्दा उनीहरु जोखिममा छन् भन्ने लागेर चेतनासँगै स्वास्थ्य परीक्षणको अभियान चलाएका हौँ ।” अध्यक्ष कर्माचार्यले निर्माण क्षेत्रमा काम गर्ने धेरै जसो श्रमिकमा कुनै न कुनै समस्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश श्रमिकमा आफूलाई उच्च रक्तचाप, मधुमेह भएको समेत थाहा छैन, तर जाँच गर्दा उक्त समस्या देखिने गरेको छ, यस्तो अवस्थाको अन्त्य गर्न हामीले सचेतनासँगै स्वास्थ्य परीक्षण गरिदिएका हौँ ।” निर्माण क्षेत्रमा काम गर्ने सबै श्रमिकको घर ठाउँमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरणसँगै आवश्यक परामर्श दिने गरेको अध्यक्ष कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अब ६÷६ महिनामा स्वास्थ्य परीक्षण गरिने र अहिले परीक्षण गराई औषधि सेवन गर्नेको बेला–बेलामा ‘फलोअफ’ गर्छौं ।”

स्वास्थ्यकर्मीसहितको टोलीले ठाउँ–ठाउँमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् । उनीहरुले स्वास्थ्य जाँचपछि आवश्यक औषधि र परामर्शसमेत दिएका छन् । जाँच गर्दा अधिकांश श्रमिकमा नसर्ने रोग बढी देखिएको युनाइटेड मिसन अस्पतालका डाइबेटिज काउन्सिलर दीपक बिसीले बताउनुभयो । उहाँका अनुसार परीक्षण गरेकामध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा मधुमेह देखिएको छ ।

अन्य श्रमिकहरुमा ढाड दुख्ने, गोडा दुख्ने, कम्मर दुख्ने, छालासम्बन्धी समस्या देखिएको काउन्सिलर बिसीले बताउनुभयो । अधिकांश श्रमिकले अल्कोहल बढी सेवन गर्नेमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी देखिएको उहाँको भनाइ छ । बिसीले भन्नुभयो, “हामीले जाँच गरेर आवश्यक औषधि दिने गरेका छौँ, त्यति मात्र होइन उहाँहरुलाई अल्कोहल नखान र खाएमा हुनसक्ने जोखिमका बारेमा परामर्श दिने गरेका छौँ ।”

सङ्घमा आबद्ध भएका सबै श्रमिकको घर, टोल र कार्यस्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको सङ्घका उपाध्यक्ष नीलकण्ठ देवकोटाले बताउनुभयो । साँझ बिहानको जोहो गर्न मुस्किल पर्ने श्रमिकलाई निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिल्ने सङ्घका सचिव हुमराज बस्यालले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरैलाई आफूलाई मधुमेह, उच्च रक्तचाप छ भन्नेसम्म हेक्का रहेन छ, जाँच गरेपछि मात्र उहाँले आफूहरुमा समस्या रहेको थाहा पाउनुभयो, यसले कम्तीमा पनि जोखिमबाट बच्न सतर्क बनाउनुभयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो