Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन

२०८१, २९ चैत्र शुक्रबार १७:५९

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा सडक संचालन र ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक विस्तारको काम भइरहेकोमा वर्षाले बाटो हिलो भएपछि ट्राफिक व्यवस्थापन र सवारी आवागमन सहज बनाउन नवलपुर खण्डमा मात्रै डेढ सय बढी प्रहरी खटाउनु परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

सवारी साधन राम्ररी पास हुन नसक्दा यात्रुहरुको विचल्ली भएको छ। अहिले दाउन्ने क्षेत्रमा नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रमुख सबै खटिएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेको पूर्वी खण्डमा मात्रै ७÷८ ठाउँमा बाटो एकतर्फी रहेको बताए।ठेकेदार कम्पनीले कल्भर्ट निर्माणको काम आधा मात्रै सकेर काम बाँकी रहेका ७÷८ ठाउँमा एकतर्फी सवारी सञ्चालनमा रहेको बताए। उनले एकतर्फी सवारी सञ्चालन भएको ठाउँमा कुनै गाडी विग्रँदा वा फस्ना साथ सवारी साधन पूरै ठप्प हुने गरेको बताए।

प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले पूर्वी खण्डमा मात्रै ३ हजार बढी सवारी साधनहरु जाममा फसेका छन्। गएराति १२ बजेदेखि आज दिउँसोसम्म एउटा गाडी पनि पास हुन नसकेको ढकालले जानकारी दिए। अहिले साँझ पख भने केही सवारी साधन विस्तारै पास हुन थालेका छन्। दिउँसोसम्म डोजरले धकेलेर पास गराए मात्र सवारी साधन पास भएकोमा अहिले त्यो समस्या केही कम भएको हो।

दुई फिटसम्म जमेको धुलोमा हल्का पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन्। चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम भइरहेको थियो। तर, २७ गते रातिदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन्। बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्याधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताए। उनले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले २४सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताए। सडकको ठाउँठाउँमा हेवि लोडवाला गाडी फसेका कारण साना सवारी साधन पनि पास गराउन समस्या भएको उनको भनाइ छ। उता दाउन्नेको पश्चिम खण्डमा भने पूर्वी खण्डमा जस्तो समस्या नरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश