2026-11-01 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा सडक संचालन र ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सडक विस्तारको काम भइरहेकोमा वर्षाले बाटो हिलो भएपछि ट्राफिक व्यवस्थापन र सवारी आवागमन सहज बनाउन नवलपुर खण्डमा मात्रै डेढ सय बढी प्रहरी खटाउनु परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

सवारी साधन राम्ररी पास हुन नसक्दा यात्रुहरुको विचल्ली भएको छ। अहिले दाउन्ने क्षेत्रमा नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रमुख सबै खटिएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेको पूर्वी खण्डमा मात्रै ७÷८ ठाउँमा बाटो एकतर्फी रहेको बताए।ठेकेदार कम्पनीले कल्भर्ट निर्माणको काम आधा मात्रै सकेर काम बाँकी रहेका ७÷८ ठाउँमा एकतर्फी सवारी सञ्चालनमा रहेको बताए। उनले एकतर्फी सवारी सञ्चालन भएको ठाउँमा कुनै गाडी विग्रँदा वा फस्ना साथ सवारी साधन पूरै ठप्प हुने गरेको बताए।

प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले पूर्वी खण्डमा मात्रै ३ हजार बढी सवारी साधनहरु जाममा फसेका छन्। गएराति १२ बजेदेखि आज दिउँसोसम्म एउटा गाडी पनि पास हुन नसकेको ढकालले जानकारी दिए। अहिले साँझ पख भने केही सवारी साधन विस्तारै पास हुन थालेका छन्। दिउँसोसम्म डोजरले धकेलेर पास गराए मात्र सवारी साधन पास भएकोमा अहिले त्यो समस्या केही कम भएको हो।

दुई फिटसम्म जमेको धुलोमा हल्का पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन्। चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम भइरहेको थियो। तर, २७ गते रातिदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन्। बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्याधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताए। उनले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले २४सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताए। सडकको ठाउँठाउँमा हेवि लोडवाला गाडी फसेका कारण साना सवारी साधन पनि पास गराउन समस्या भएको उनको भनाइ छ। उता दाउन्नेको पश्चिम खण्डमा भने पूर्वी खण्डमा जस्तो समस्या नरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द