2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एक रुपैयाँका दरले संकलित सहकारीमा ४६ करोडको कारोवार

प्रेम सुनार, भदौ–२३, गुल्मी । आजभन्दा २५ वर्ष अघि २५ जना सदस्यहरुले एक एक रुपैयाँका दरले संकलन गरेर स्थापना गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले ४६ करोडको कारोवार हुने गरेको छ । लेकाली स्वावलम्वनवचततथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीले यस्तो प्रगतिगर्न सफलभएको हो । २५ औं वर्ष गाँठको अवसरमा रजतमहोत्सववर्ष मनाउने तयारीमा रहेको सो संस्थाले आजपत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७१/०७२ मा ४६ करोड कारोवार भएको जानकारी दिएको हो ।
सो संस्थाकाअध्यक्षगोपालप्रसादपन्थीले २०४८ सालपौष ३० गतेकादिनहाल अमेरिकामा रहेका रमेश थापा संस्थापकअध्यक्ष रहेर २५ जनाको समुहमामासिक एक एक रुपैयाँका दरले वचत संकलन गरी स्थापना गरेको त्यस सहकारीमा यस आर्थिक वर्षमाउक्त रकमकारोवार गर्न सफलभएको जानकारी दिए् । उनले उक्त सहकारीमा शेयर पुँजी १ करोड ५१ लख ६७हजार ५ सय रहेको बताए । त्यस्तै संस्थागतकोष ९८ लाख६ सय ८७ रुपैयाँ रहेको, १४ कारोड ७४ लाख ४४ हजार ८ सय १९ बचतगरिएको र १४ कारोड ८० लाख७० हजार ९ सय १० रुपैयाँऋण लगानीभई रहेको जानकारी दिए ।
नवाल६ सय १५ सहितकुल सदस्य संख्या १९ सय ७० जना रहेको त्यस सहकारी संस्थाले यस रजतमहोत्सववर्ष गाँठमा शेयर सदस्यलाई पेन्सन समेत दिने कार्यक्रम घोषणा गरेको छ । क्रमिक रुपमा रकम बृद्धि गर्दै जाने गरी त्यस संस्थाले ६० वर्ष उमेर पुगेका र अपाङ्गहुने शेयर सदस्यहरुलाई मासिक २ सयका दरले पेन्सन समेतदिने घोषणा गरेको अध्यक्षपन्थीले जानकारी दिए । तर त्यस्ता सदस्यहरुले पेन्सनपाउनकालागिकम्तीमापनि १५ वर्ष त्यस सहकारी संस्थामा आवद्ध हुनु पर्ने वताईको छ । उसले कक्षा १ देखि स्नातक सम्म शेयर सदस्यका छोरा छोरीहरुलार्इृ छात्रवृत्ति समेत दिदै आएको छ ।
यसरी शेयर सदस्यहरुलाई पेन्सनदिने घोषणा गर्ने स्वावलम्वनवचततथा ऋण सहकारी संस्था लिमिटेड जिल्लाको पहिलो सहकारी संस्थाबनेको छ । बचत तथा ऋण सहकारी संघ,गुल्मी,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.( नेप्सकुन ) काठमाण्डौं र राष्ट्रिय सहकारी बैंक लि.काठमाणडौमा समेत आवद्ध रहेको त्यस स्वावलम्वनसहकारी संघ उत्कृष्ट कार्य गरे वापतविभिन्न संघ संस्थाबाट पुरस्कृत समेत भएको छ ।
उसलाई २०६२ मा डिभिजन सहकारी  कार्यालयले पुरस्कृत गरेको थियो । त्यस्तै २०६५ सालमाराष्ट्रिय सहकारी संघ काठमाण्डौंले, २०६८ सालमा नेप्सकुनले पश्चिमाञ्चल कै उत्कृष्ट सहकारी संस्थाका रुपमा र २०७१ सालमा नेप्सकुनले नै उत्कृष्ट सञ्चालकका रुपमा त्यस स्वावलम्वन सहकारी संस्थालाई पुरस्कृत गरेको थियो ।उक्त सहकारी संस्थाले सहलियतव्याज दरमाप्रति सदस्य १५ लाख सम्म ऋण दिने गरेको छ । उसले त्यस्तो ऋण विशेष गरी गरिव विपन्न, एकलमहिला, असाहय–अपाङ्ग र वेरोजगारहरुलाई स्वरोजगार बनाउनदिने गरेको पाईएको छ ।
जिल्लाका पुरानो सहकारी संस्थामानिने उसले यस वर्ष देखि घडेरी खरिद कोषको समेत स्थापनागर्ने भएको छ । आज देखि विविधकार्यक्रमका साथ सो सहकारी संस्थाको स्थापनादिवस पौष ३० गते सम्ममनाईने रजतमहोत्सवममनाउनलागि ३९ सदस्यीयमुल समारोह समिति र विभिन्न ९ वटा उप समिति समेत गठन गरिएको जानकारी समेत पत्रकार सम्मेलनमा गराईएको थियो । पत्रकार सम्मेलनमा सो सस्थाकापुर्व अध्यक्षएमबहादुर थापा , नेपालपत्रकार महासंघका अध्यक्षनवराज भुसाल लगायतको सहक्भागिता थियो ।
लेकाली स्वावलम्वनवचततथा ऋण सहकारी संस्थालि. तम्घास गुल्मीका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कोषाध्यक्ष गणेश श्रेष्ठको स्वागतमन्तव्य र सचिव भुवन अर्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक