Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म

२०७६, १७ फाल्गुन शनिबार ०४:४९

फागुन १७, बाग्लुङ | भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जम्नुभएको छ । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गर्नुभएका उहाँले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याउनुभएको छ । 

बागलुङ नगरपालिका–३ का ४० वर्षीय उहाँ सेनामा २० वर्ष सेवा गरेर हवल्दार पदमा निवृत्त हुनुभएको थियो । “थप पद लिनलाई जागीर बढाउन पनि सक्थे, स्वदेश आएर पनि अरु देशमा जान सकिन्थ्यो”, उहाँ भन्नुभयो, “आफ्नै ठाउँमा बसेर केही गरौँ भन्ने सोचले व्यवसायतिर लागेँ ।”

‘सुसारा फ्रोजन मःम’ र ‘सुसारा बिन्स क्याफे’मा गरी करिब रु एक करोड लगानी भएको छ । मःम व्यवसायमा १५ र ‘क्याफे’मा पाँच जनाले रोजगारी पाएका छन् । ‘क्याफे’मा खड्कासहित उहाँका नातेदार सुशील खड्का र सागर थापाकोसमेत लगानी छ । मःम व्यवसायमा भने रमेश एक्लैको लगानी छ । “बागलुङमा काँचो तयारी मःमको बिक्री पहिलोपटक मैले नै शुरु गरेको हुँ”, रमेशले भन्नुभयो, “यहाँ बनेको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म समेत जान्छ ।” किमा भरेर तयार पारिएको मःमलाई विशेष रुपले ‘प्याकिङ’ गरेर बजार पठाइन्छ ।

दैनिक छ देखि ७०० पिलेटसम्म मःम बिक्री हुने गरेको रमेशको भनाइ छ । खसी–बोकाको मःम प्रतिपलेट रु १००, कुखुराको रु ६०, माछाको रु ७० र शाकाहारी मःमको रु ४५ पर्छ । छिट्टै केराको मःम पनि उत्पादन गर्ने लक्ष्य छ ।

मःमबाट मासिक करिब रु पाँच लाख बराबरको कारोवार हुने गरेको छ । मःम व्यवसायलाई कम्पनीकै रुपमा अघि बढाउने र बजार पनि विस्तार गर्ने उहाँको योजना छ । उहाँलाई व्यवसायमा श्रीमती रक्षाको दरिलो साथ छ । “व्यवसायबाट सन्तुष्ट छु, ठूलो मुनाफाको अपेक्षा मसँग छैन”, रमेशले भन्नुभयो ।

बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शुक्रबार शुभारम्भ गर्नुभएको ‘क्याफे’मा चिया, कफीका साथै रेष्टुराँमा पाइने अधिकांश परिकार उपलब्ध छन् । बागलुङ बजारको केन्द्र भागमा खोलिएको ‘क्याफे’ले जिल्लामा भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उहाँले बताउनुभयो ।

उहाँले विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसाय गर्ने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । “पछिल्लो समय होटल, रेष्टुराँमा लगानी बढेको छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो, “व्यापारसँगै पर्यटन प्रवद्र्धनका लागि सुखद् पक्ष हो ।”

व्यवसायसँगै गीत, सङ्गीतमा पनि क्रियाशील रमेशले ‘माछी मारन’लगायतका गीतमा स्वर दिनुभएको छ । यहाँका पर्यटकीय गन्तव्यस्थललाई समेटेर उहाँले गाएको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश