Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पश्चिम नवलपरासीमा २०७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

२०७७, २२ बैशाख सोमबार ०२:३८

वैशाख २२, नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएका २०७ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश ५ मा एकाएक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश ५ अन्तरगतको पश्चिम नवलपरासीमा स्वाब संकलन र परीक्षणलाई तीव्रता दिइएको छ ।

पश्चिम नवलपरासीबाट पीसीआर परीक्षणका लागि टेकुको राष्ट्रिय प्रयोगशालामा नमूना पठाइएका सबै २०७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आइतबार थप ५५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै २०७ जना सबैको रिपोर्ट आएको हो । सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

आइतबार सरावल बर्दघाटबाट पठाइएका नमूनाको रिपोर्ट आएको हो । प्रदेश सरकारले कारोना परीक्षणका लागि स्वाब संकलन गरी पठाउन आवश्यक किट उपलब्ध गराएसँगै जिल्लामा पहिलो चरणमा संस्थागत क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संलकन गरी परीक्षण गर्न काठमाडौं पठाइएको हो ।

प्रदेश सरकारले २९७ वटा किट उपलब्ध गराएकोमा २०७ किट प्रयोग भइसकेको छ भने बाँकी ९१ किटबाट पनि स्वाब संलकन गरी पठाइने जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हालसम्म बर्दघाटका ३४, सुनवलका ३७, रामग्राम, प्रतापपुर, सुस्ता र सरावलका २५/२५ जना र पाल्हिनन्दनका ३६ जनाको पीसीआर परीक्षण गरिएको हो । जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ११८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश