2026-09-13 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बाँदर धपाएरै बित्छ म्याग्दी मल्लाजका कृषकको दिनचर्या

असार २, म्याग्दी। बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका–३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने खत्री मल्लाजका एक्ला कृषक हुनुहुन्न । मल्लाजको धेरैजसो कृषकलाई बाँदरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । “उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्नुपर्छ”, खत्रीले भन्नुभयो, “साँझ नपरुन्जेलसम्म बाली कुरेर बस्नु हाम्रो दिनचर्या बनेको छ ।” 

विज्ञान र प्रविधिको विकासले विश्वले फड्को मारे पनि नेपालका कृषकले बाँदर धपाएर समय बिताउनुपरेको छ । खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु चुनौती बनेको छ । बाँदर धपाउन कृषकको धेरै श्रम, पसिना र समय खर्च भएको छ ।

आँखा झिमिक्क गर्दा साथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । “खाना र खाजा खाने फुर्सद पनि पाँइदैन”, मल्लाजका मीनबहादुर खत्रीले भन्नुभयो, “बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा ल्याइदिन्छन् ।” बाँदर धपाउँदा कतिले भिरबाट लडेर ज्यान गुमाएका छन् । बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरेको छ । खाद्यबालीका साथै तरकारी र फलफूल खानुका साथै बिरुवा उखेलेर नष्ट गरिदिने अर्का कृषक वसन्त विकले बताउनुभयो ।  

“बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने र नष्ट गर्छन्”, उहाँले भन्नुभयो, “धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ ।” बाँदरको समस्याले वर्षमा २० मुरी धान फल्ने खेतमा बाली लगाउनै छाडेको अर्का कृषक सुनिल केसीले बताउनुभयो । 

वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि अरु कामधन्दा छाडेर बाँदर धपाउनुपरेको कृषकको भनाइ छ । बाँदर धपाउनका लागि खेतबारीको डिलमा छाप्रो नै बनाएका छन् । एक हजार ५०० भन्दा धेरै घरपरिवारको बसोबास रहेको मल्लाजमा ५० हेक्टर बढी खेतीयोग्य जमिन छ ।  वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेको छ । आहाराको खोजीमा बाँदरलगायत वन्यजन्तु बस्तीमै आउन थालेका डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।  

उहाँका अनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न, घरमा पाल्न नपाउने नियम छ । टिमुर, सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फुल र घाँसलगायत वैकल्पिक खेती गर्न खनालले सुझाव दिनुभयो । नेपालमा आसामी रातो, रातो र सेतो रङको लङ्गुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा बस्छ । आसामी र रातो बाँदर भने समूहमा बस्छन् । 

केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घास खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुनसकेको छैन । बाँदर आतङ्क नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नुपर्ने कृषकको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले