२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बाँदर धपाएरै बित्छ म्याग्दी मल्लाजका कृषकको दिनचर्या

२०७७, २ असार मंगलवार ०४:१७

असार २, म्याग्दी। बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका–३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने खत्री मल्लाजका एक्ला कृषक हुनुहुन्न । मल्लाजको धेरैजसो कृषकलाई बाँदरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । “उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्नुपर्छ”, खत्रीले भन्नुभयो, “साँझ नपरुन्जेलसम्म बाली कुरेर बस्नु हाम्रो दिनचर्या बनेको छ ।” 

विज्ञान र प्रविधिको विकासले विश्वले फड्को मारे पनि नेपालका कृषकले बाँदर धपाएर समय बिताउनुपरेको छ । खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु चुनौती बनेको छ । बाँदर धपाउन कृषकको धेरै श्रम, पसिना र समय खर्च भएको छ ।

आँखा झिमिक्क गर्दा साथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । “खाना र खाजा खाने फुर्सद पनि पाँइदैन”, मल्लाजका मीनबहादुर खत्रीले भन्नुभयो, “बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा ल्याइदिन्छन् ।” बाँदर धपाउँदा कतिले भिरबाट लडेर ज्यान गुमाएका छन् । बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरेको छ । खाद्यबालीका साथै तरकारी र फलफूल खानुका साथै बिरुवा उखेलेर नष्ट गरिदिने अर्का कृषक वसन्त विकले बताउनुभयो ।  

“बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने र नष्ट गर्छन्”, उहाँले भन्नुभयो, “धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ ।” बाँदरको समस्याले वर्षमा २० मुरी धान फल्ने खेतमा बाली लगाउनै छाडेको अर्का कृषक सुनिल केसीले बताउनुभयो । 

वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि अरु कामधन्दा छाडेर बाँदर धपाउनुपरेको कृषकको भनाइ छ । बाँदर धपाउनका लागि खेतबारीको डिलमा छाप्रो नै बनाएका छन् । एक हजार ५०० भन्दा धेरै घरपरिवारको बसोबास रहेको मल्लाजमा ५० हेक्टर बढी खेतीयोग्य जमिन छ ।  वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेको छ । आहाराको खोजीमा बाँदरलगायत वन्यजन्तु बस्तीमै आउन थालेका डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।  

उहाँका अनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न, घरमा पाल्न नपाउने नियम छ । टिमुर, सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फुल र घाँसलगायत वैकल्पिक खेती गर्न खनालले सुझाव दिनुभयो । नेपालमा आसामी रातो, रातो र सेतो रङको लङ्गुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा बस्छ । आसामी र रातो बाँदर भने समूहमा बस्छन् । 

केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घास खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुनसकेको छैन । बाँदर आतङ्क नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नुपर्ने कृषकको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय