साउन १५, कालिकाेट | कोटवाडा गाविसको लालिघाट र गे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, कालिकाेट | कोटवाडा गाविसको लालिघाट र गे"/>

2026-07-26 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

लालिघाटका बाढीपीडितलाई राहत


साउन १५, कालिकाेट | कोटवाडा गाविसको लालिघाट र गेजबजारका बाढी पिडितहरुलाई उद्योग बाणिज्य संघ कालिकोटले राहत वितरण गरेको छ । गत जेठ ६ गते अबिरल बर्षा सगै आएको पहिरोमा परि ज्यान गुमाएका आफन्त तथा भौतिक सम्पती क्षेति भएका परिवारहरुलाई आज एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो । 

उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख अथित्यतामा एक कार्यक्रमको आयोजना गरी घटनाको प्रकृति अनुसार बाढी पिडतलाई नगद राहत वितरण गरिएको छ ।

मानविय क्षेति भएका ७ जनाका परिवारलाई प्रतिब्यक्ति ३ हजार ५ सय, पूर्ण भौतिक क्षेति भएका १३ परिवारलाई प्रति परिवार ३ हजार र आंशिक भौतिक क्षेति भएका २३ परिवारलाई प्रति परिवार रु २ हजारका दरले जम्मा रु १ लाख १२ हजार ८ सय ७६ नगद वितरण गरिएको छ ।

उद्योग बाणिज्य संघ पोखराबाट १० हजार, बाकी जिल्लाका ब्यापारी तथा अन्य निकायबाट राहत संकलन गरी १ लखा १३ हजार बराबरको राहत बाढी पीडितलाई वितरण गरिएको उद्योगबाणिज्य संघका अध्यक्ष सूर्य बहादुर शाहीले बताउनु भएको छ । 

गत जेठको बाढीमा परि मृत्यु हुनेमा स्यूना–२ का धनमती टमटा, उनका श्रीमान संजिते टमटा, स्यूना–५ का हिरा तिरुवा, धौलागोह ९ का लक्ष्मण भण्डारी, रकु १ का मनिराम जैसी, बाजुरा गोत्तीका आकाश विक, बाजुरा गोत्तीकै लक्ष्मण भण्डारी थिर्पू ४ का सदिश्मा बम रहेका थिए ।

बाढी आए लगतै दैविक प्रकोप उद्धार समिति कालिकोटले मृतक परिवारलाई प्रति ब्यक्ति ४० हजार र भौतिक क्षेति भएकाहरुलाई प्रति परिवार ५ हजारका दरले रहत वितरण गरेको थियो भने उद्योग बाणिज्य संघ कालिकोटले ५४ हजार बरावरको हात वितरण गरेको थियो । यसैगरी सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालले कारितासको सहयोगमा गरिव २ लाख बरावरको खाद्य तथा भाडा कुडा र लत्ता कपडा राहत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ