2026-09-12 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

कोरोनाको प्रभाव : ढिकीजाँतो र हाते मुसलको आवाज गुञ्जिन थाल्यो

पुरुषोत्तम थापा । जेठ ३०, दुल्लु (रासस)। नारायण नगरपालिका–२ का जगत थापाका घरमा  ढिकीको ओखल प्रयोगमा नआउँदा  फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो ।  ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो ढिकीको हो भन्ने थाहा थियो बाँकी कसैलाई पत्तो थिएन । उहाँहरु बाहेकलाई काम नलाग्ने ढुङ्गा नै लाग्थ्यो ।  आजभोलि त्यो काम नलाग्ने ढुङ्गा नै घरको भान्सा तयार गर्ने पीठो, चामल र दाल तयार गर्ने मेसिन भएको छ । 

आजभोलि प्रत्येक दिन पिसानी कुटानीमा प्रयोगमा आएको छ ।  जीर्ण बनिसकेको ओखललाई पुनर्निर्माण गरी ढिकीमा परिणत गरी कुटानी पिसानी गर्न थालिएको छ । आफ्नो पालाको ढिकी फेरि छोराले बनाएर कुट्ने पिस्ने काममा ल्याउँदा उहाँका बुबा ९० वर्षीय भीमबहादुर थापा पनि हर्षित हुनुहुन्छ ।  आफू  तत्कालीन समयमा भारतीय सेनामा कार्यरत भएको पहिलो छुट्टीमा आउँदा २०३० सालमा ढिकी घरमा हालेको सम्झना  गर्नुहुन्छ । 

उहाँ धेरै वर्ष यो ढिकीमै कुट्ने पिस्ने गरियो यी सबै केटाकेटी नै त्यही ढिकीको भात र रोटी खाएर हुर्केको बताउनुहुन्छ । २०४३ सालमा पानी मिल र घट्ट पनि बन्यो अनि बल्ल त्यहाँ जान थालेको उहाँको अनुभव छ । २०५२ सालमा गाउँमै टुकटुके मिल बनेपछि यो ढिकीको प्रयोग हुन छोड्यो छोराबुहारीलाई नि सजिलो भयो सबै मिलमा जान थाले त्यसपछि यो ढिकी भत्केको हो यो ओखलमात्र थियो फेरि पुरानै ढिकी ठडियो । उहाँले भन्नुभयो, “आफ्ना त हातखुट्टा आउँदैन अहिले सबै मिलमा जान्छन् तर यो कोरोनाले फेरि ढिकी घरमा छोराले बनायो, अब यी सबै रोगभोग हेर्दा पुरानै जमाना आउन लागेको  छ । ”

विसं २०५२ मा ढलेको ढिकी थापाको आगनमा फेरि जस्ताको उस्तै बनेको छ । अहिले प्रत्येक दिन थापाको घरमा ढिकीको आवाज सुनिन्छ त्यसैको कुटानी पिसानीबाट भान्सा तयार हुन्छ ।  भुलिसकेको ढिकीजाँतो फेरि  कोरोनाले बनाएर कुट्ने पिस्ने बनाएको जगत थापाले बताउनुभयो ।  गाउँका मिल सबै बन्द छन् त्यसमा नि कोरोना सर्ला भन्ने डर अहिले आफूलाई न कुट्ने पिस्नेको चिन्ता न कोरोना सर्ने डर घरमा सबै मिलेर काम गर्दा सहज अनि मिलमा जाने पैसाको नि बचत भाको उहाँको भनाइ छ । अहिले उहाँको मात्र होइन प्रायः जीर्ण र भत्काइसकेका ढिकीजाँतो र हाते मुसल घरघरमा निर्माण गरिएका छन् । 

भैरबी–३ का सर्बराज थापाको घरमा पनि अहिले जाँतो र ढिकी छ । उहाँ अहिले कुटानी पिसानी ढिकीजाँतोबाटै गर्ने गरेको बताउनुहुन्छ । मिलमा पिसेको– कुटेकोभन्दा स्वाद पनि मीठो भएको र त्यहाँ जाने पैसा नि बचत भएको अनि मिलबाट रोग सर्ने खतरा पनि आफूहरुलाई नभएको उहाँले जानकारी दिनुभयो । आजभोलि गाउँघरमा बिहानबेलुकी ढिकीजाँतोको आवाज आउन थालेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारी बताउनुहुन्छ । आधुनिक मिल र पानीघट्टले लोभ नै हुन थालेका यी हाम्रा परम्परागत कुटानी–पिसानीका साधन  कोरोनाका कारण मिल बन्द हुँदा पुन निर्माण अनि पुनः प्रयोगमा आएकामा आफू खुशी भएको उहाँको भनाइ छ । 

“हाम्रो मौलिकता हराइसकेको थियो भने अग्र्यानिक खाना खान छोड्दा अनेकौँ रोगको सिकार नि भएका थियाँै । कम्तीमा आत्मनिर्भर र अग्र्यानिक खाना त खान पाउने भए अर्को नयाँ पुस्ताका लागि यी सामग्रीका बारेमा बुझ्ने मौका मिल्यो । ” उहाँले भन्नुभयो । आधुनिक मिल र पानीघट्टको प्रयोगले लोभ हुनै थालिसकेको ढिकीजाँतो र हाते मुसलको पुनः प्रयोग हुन थालेको छ । कोरोनाका कारण प्रशासनले लगाएको निषेधाज्ञा र आफूलाई नि कोरोना सर्ने डरले सञ्चालकहरुले  मिल र घट्ट बन्द गरिदिँदा ढिकीजाँतो र हाते मुसलको प्रयोग गर्नेको सङ्ख्या बढेको हो । अहिले अधिकांश गाउँमा कुटानी–पिसानी कार्यमा यी पुराना साधनको प्रयोग हुन थालेको हो । 

मिल र पानीघट्ट सञ्चालकले बन्द गर्दा यी पुराना परम्परागत साधनको पुनर्निर्माण र पुनः प्रयोग गर्न बाध्य भएको स्थानीयवासीले बताउनुहुन्छ । लकडाउनदेखि आफूले मिल बन्द गरेको थापा कुटानी–पिसानीका सञ्चालक हस्तबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब त गाउँमा कोरोनाको जोखिम छ भन्ने सुनिन्छ कति त मिलमा आउँछन् । आफैँले नचलाउने भनी फर्काउने गरेको छु । ” पैसाको लोभले मिलमा आएकाबाट कोरोना गाउँमा फैलिने हुँदा आफूले सबैलाई बरु ढिकीजाँतोबाटै कुटानी–पिसानी गर्न सल्लाह दिएको उहाँ बताउनुभयो । अहिले गाउँमा सबैले ढिकीजाँतो प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । 

लोप नै भइसकेका ढिकीजाँतो र हाते मुसल पुनः प्रयोगमा आउँदा अग्र्यानिक खाना पनि खान पाउने परम्परागत संस्कृति पनि जोगिने अवसर आएको शिक्षक पार्वती पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थीलाई ढिकीजाँतोका बारेमा पढाउँदा के हो यो कस्तो हुन्छ भन्ने प्रश्न गर्थे अब उनीहरुका लागि नि प्रयोगात्मक शिक्षा हुने उहाँको तर्क छ । अहिले सबै गाउँमा ढिकीजाँतोको र हाते मुसलको आवाज फेरि गुञ्जिन थालेका छन् । गाउँहरु पुरानै मौलिकता फर्किएको भान भएको रमेश खड्का बताउनुहुन्छ । करीब २० वर्षपछि पहिलेकै गाउँमा बसेको अनुभव भएको पुरानो गाउँको कुनै अनुभव हुन्थेन सबै आधुनिक जीवनशैलीको रहनसहनमा थिए । बल्ल ढिकीजाँतोको आवाजले उस्तै अनुभव भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस