२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका तीन अस्पताल : शिलान्यास भएको १० महिनामा जग पनि खनिएन

२०७८, १९ आश्विन मंगलवार ११:२८

असोज १९ , पाल्पा, न्युज कारखाना। सरकारले १५ मंसिर ०७७ मा एकै दिन देशभरका तीन सय ९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरेको थियो । यही बेला पाल्पाका तीन वटा अस्पताल पनि शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना बितिसक्दा पनि कुनै पनि अस्पतालको जग समेत खन्न थालिएको छैन । 

पाल्पाको माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा १५–१५ शैय्याका अस्पताल शिलान्यास गरिएको थियो । माथागढी गाउँपालिकाका ईन्जिनियर धर्मेन्द्र यादवले तीन महिनाअघि नै अस्पताल निर्माणको टेन्डर आह्वान भई निर्माण व्यवसायीसँग सम्झौता भइसकेको बताए । तीन महिनाअछि नै अस्पताल निर्माणका लागि प्राकृतिक निर्माण सेवा भैरहवा र माथागढी गाउँपालिकाबीच १० करोड ७८ लाख ७५ हजार सात सय रुपैयाँमा दुई बर्षभित्र काम सक्नेगरी सम्झौता भएको उनले बताए । 

यस्तै निस्दी गाउँपालिकामा अस्पताल निर्माण सम्झौता भइसकेको छ । प्राकृतिक रविना ज्वाइन्ट भेन्चर कम्पनी भैरहवाले १६ करोड ६८ लाख ८४ हजार नौ सय २४ रुपैयाँमा निर्माण सम्झौता गरेको हो । ६ जेठ ०७७ मा निर्माण कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको थियो । २४ महिना अर्थात ६ जेठमा ०८० भित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म जग खन्ने काम समेत नभएको निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले जानकारी दिए । 

पुर्वखोला गाउँपालिका–१ वीरकोटमा बन्ने भनिएको अस्पताल निर्माण पनि अघि बढेको छैन । गाउँपालिका र निर्माण कम्पनी बिक्वाई दावा कम्पनी काठमाडौंबीच १२ करोड, ५१ लख ७४ हजार एक सय ८९ रुपैयाँमा १५ शैय्याको अस्पताल २८ असार ०८० भित्र सम्पन्न गर्ने गरि २३ असार ०७८ मा सम्झौता भएको हो । तर अहिलेसम्म यहाँ पनि प्रगति नभएको गाउँपालिकाका ईन्जिनियर शिव शर्माले बताए । ईन्जिनियर शर्मा निर्माण कम्पनी सम्पर्क मै रहेको पनि जानकारी दिए । अस्पताल बन्ने स्थान डोजर प्रयोग गर्नु पर्ने भएको र बर्खामा डेजर चलाउन नजिकको बस्तीमा जोखिम हुने भएकाले काम होल्ड गराएको बताए । पानी पर्न कम भएसँगै केही दिन अघिबाट जग्गा सम्याउन थालेको उनले जानकारी दिए ।

निर्माण कम्पनी बिक्वाई दावा कम्पन्नीका प्रोप्राइटर पामा मेडुप लामाले पानी परिरहेको बेला डोजर चलाउँदा डाँडामा रहेका बस्ती जोखिममा पर्ने डरले काम सुरु नगरेको बताए । अब पानी पर्न कम भएपछि काम सुरु गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ