हुम्लामा घर भासिदा एकै परिवारका ६ जना पुरिए

साझासवाल

<p>कात्तिक ३, सुर्खेत | हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।<br></p><p>खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका&nbsp; धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहित ६ जना पुरिएका हुन् ।</p><p>एकै परिवारका ६ जना पुरिएको&nbsp; खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएस्पी हेरम्ब शर्माले जानकारी दिए ।&nbsp;&nbsp;</p>

Leave a Comment

Leave a Reply